Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

भदौ २ र ३ गते हिन्दुकुश हिमालयन सांसदहरुको सम्मेलन हुने


काठमाडौँ। संसदीय समितिले भदौ २ र ३ गते हिन्दुकुश हिमालयन सांसदहरुको सम्मेलन आयोजना गर्ने भएको छ ।

सोमवार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिमा यसबारे जानकारी गराइएको हो । समितिका सदस्य वीरबहादुर बलायरले बैठक आउँदो भदौको २ र ३ गते हुने जानकारी दिएका छन् । उनकाअनुसार बैठकमा नेपालसहित भारत, चीन, बंगलादेश, भूटान, म्यानमार र पाकिस्तानको उपस्थिति रहनेछ ।बैठकमा यि देशहरुमा जलवायु परिवर्तनले पारेको असर, वातावरण प्रदुषण र जैविक विविधताका विषयमा छलफल हुनेछ । सम्मेलनलाई राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुहुने सदस्य बलायरले बताएका छन्।

बेठकको मुख्य उद्देश्य यस क्षेत्रमा पर्ने मुलुकहरुका संसदबीच साझा धारणा, संवाद र समन्वय गरी नीति तथा कानून निर्माण र दिगो विकासका ज्ञान, सीप र नविन धारणालाई आदानप्रदान गर्नु रहेको बताएका छन् । पर्वतीय मुद्दाहरुलाई राष्ट्रिय, क्षेत्रीय र विश्वव्यापी मञ्चहरुमा साझा दृष्टिकोण, सक्रिय सहभागिता र समुचित रुपमा उठाउने संकल्प रहेको बताए।

विश्व समुदायले भोग्नुपरेका जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वायु प्रदुषण जस्ता समस्याहरुमा समाधानको खोजि गर्ने उद्देश्यले बैठक राखिएको बताएका छन् ।


प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?