Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

वैकल्पिक विकास वित्त परिचालन आइटी क्षेत्रमा पनि गर्नुपर्छः विराजभक्त श्रेष्ठ


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले वैकल्पिक विकास वित्त परिचालनसम्बन्धि सरकारले बनाउन लागेको कानूनमा आइटी क्षेत्रलाई समेट्नुपर्ने बताएका छन् ।

अर्थ समितिमा सोमवार भएको वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा बनेको विधेयकमाथिको छलफलमा उनले विधेयकले आइटी क्षेत्रलाई समेट्न नसकेको भन्दै आपति जनाएका हुन् । अहिले भइरहेका संरचनाहरुले गरिरहेकै क्षेत्रमा वैकल्पिक वित्त परिचालन गर्न जरुरी नरहेको समेत उनको भनाई छ । विधेयक पुरातन सोचबाट आएको उनको आरोप छ ।

सांसद् श्रेष्ठले भने,‘वैकल्पिक विकास वित्त परिचालनसम्बन्धि सरकारले बनाउन लागेको यो कानूनले आइटीलाई छोएको देखिएन । पुरातन शैलीको सोचबाट विधेयक ल्याएको देखियो । यसरी विधेयक ल्याएर हुँदैन । आइटी क्षेत्रलाई समेट्नुपर्छ । वैकल्पिक वित्त परिचालनको क्षेत्रमा जुनकुराहरु राखिएको छ, ती अहिलेकै संरचनाबाटै गर्न सकिन्छ भने छुट्टै संरचना किन आवश्यक प¥यो । सरकारले स्पष्ट पार्नुपर्छ ।’

उनले ट्रेजरीबाहेकका क्षेत्रबाट स्रोत जुटाएर गरिने लगानीको जोखिमबारेमा समेत विधेयकले सोच्नुपर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?