Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

भ्रातृ संस्थाहरुको अधिवेशन गराउन काँग्रेसले पारित गर्‍यो निर्देशिका


काठमाडौँ। नेपाली काँग्रेसले भ्रातृ संस्थाहरूको अधिवेशन सम्पन्न गर्न बनाइएको निर्देशिका पारित गरेको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पदाधिकारी र निर्देशन समितिको संयुक्त बैठकले निर्देशिका पारित गरेको पार्टी प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिएका छन्। बैठकपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उहाँले भ्रातृ संस्थाहरुको अधिवेशन सम्पन्न निर्देशन समितिको काम, कर्तव्य र अधिकारसम्बन्धी विषयमा तयार गरिएको निर्देशिका पारित गरिएको जानकारी दिएका छन् । उनले निर्देशिकालाई अन्तिम रुप दिनका लागि भ्रातृ संस्था तथा निर्देशन समितिहरुसँग सुझाव लिइएको बताए ।

उनले भने, ‘लामो समयसम्म अधिवेशन नभएको तथा अधिवेशन गर्न बाँकी रहेका भ्रातृ संस्थाहरुको बारेमा अधिवेशन गर्नको लागि बनाइएका निर्देशन समितिहरु र पार्टीका पदाधिकारीहरुको संयुक्त बैठक थियो । त्यो संयुक्त बैठकले अधिवेशन सम्पन्न गर्नको लागि निर्देशन समितिले गर्नुपर्ने काम, कर्तव्य र अधिकारसम्बन्धी विषयमा एउटा निर्देशिका तयार भएको छ । त्यो निर्देशिका पार्टी महामन्त्री विश्वप्रकाश शर्मा उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र सहमहामन्त्रीज्युहरुको उपस्थितिमा सबै भ्रातृ संस्थाका अध्यक्ष र निर्देशन समितिहरुलाई राखेर त्यसका बारेमा छलफल भयो । र त्यो छलफलमा केही सुझावहरु प्राप्त गरिसकेपछि निर्देशिका पारित गरेका छौँ ।’

बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?