Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

सांसदहरुमा पनि छुवाछुत कायम छः सांसद आलेमगर


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले सांसदहरुबीचमा छुवाछुत कायम रहेको बताएका छन् ।

राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले धेरै मानिसहरु जातीय छुवाछुत गरेर पनि कारबाहीको दायरामा नआएको बताए । उनले नेपालको संरचनागत बनावटका कारण पनि छुवाछुत जस्तो सामाजिक अपराध गर्नेहरु कानूनको दायरामा आउन नसकेको बताए ।

उनले भने, ‘धेरै मानिसहरु जातीय छुवाछुत गरेर पनि दण्डित भएका छैनन् । यद्यपि कानूनले वर्जित गरेको छ । तर न्यायाधीशको बनावट, संरचनागत बनावट आदि कुराहरुले पनि जातीय छुवाछुत गर्ने मानिसहरु दण्डित भएका छैनन् । यस्तो अपराधमा दण्डित भएको व्यक्ति नहोस् भनेको न हो । सामाजिक अपराध भनेको जघन्य अपराध हो । करोडपति र दलितका बिरुद्ध पनि छुवाछुत भएकै छ, सांसदका विरुद्ध पनि छुवाछुत भएकै छ । हाम्रो यहाँ सांसदहरु दलित हो भन्ने आधारमा दलित थाहा पाएपछि धेरै भेदभाव छ । यस्तोमा गम्भीर नभएर हुन्छ ।’

सामाजिक अपराध भनेको जघन्य अपराध भएको उल्लेख गर्दै करोडपति र दलितका बिरुद्ध पनि छुवाछुत कायम रहेको र सांसदहरुमा दलित थाहा पाएपछि धेरै भेदभाव हुने गरेको बताए ।


प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?