Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

दलित समुदायको अधिकार प्रत्याभुत गर्न सरकार प्रतिवद्धः मन्त्री चौरसिया


काठमाडौँ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले दलित समुदायको अधिकार प्रत्याभूत गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।

राष्ट्रिय सभाको आईतवारको बैठकमा बोल्दै मन्त्री चौरसियाले यस्तो बताएका हुन् । संविधानले प्रत्याभुत गरेका मौलिक हक कार्यान्वयन गर्न सरकारले आवश्यक कानून निर्माण र संशोधनमा सक्रिय रहेको उनको भनाइ छ । उनले नेपालको संविधानको धारा २४ ले छुवाछुत तथा जातीय भेदभावविरुद्धको हक र धारा ४० ले दलितको हक सुनिश्चित गरेको उल्लेख गर्दै भूमिहीन दलितलाई एकपटकका लागि जमिन उपलब्ध गराउने र आवासविहीन दलितलाई बसोवासको व्यवस्था गर्ने कार्य प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिए । सरकारले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, जनस्वास्थ्य सेवा ऐन, आवास अधिकारसम्बन्धी ऐन, भूमिसम्बन्धी ऐन २०२१को आठौँ संशोधनमार्फत दलित समुदायको सामाजिक न्याय सुनिश्चित गर्न कानुनी ढाँचामा व्यापक सुधार ल्याइएको मन्त्री चौरसियाको दाबी छ ।

उनले भने, ‘संविधानले प्रत्याभुत गरेको नागरिकको मौलिक हकको प्रत्याभुत हुेनगरी कार्यान्वयन गर्न नेपाल सरकार प्रतिबद्ध रहेको छ । र यसको लागि आवश्यक कानून निर्माण गर्न मन्त्रालय क्रियाशील रहेको व्यहोरा निवेदन गर्न चाहन्छु । नेपालको संविधानको धारा २४ ले भप्रत्याभुत गरेको छुवाछुत तथा जातीय भेदभाव विरुद्धको हक तथा धारा ४० ले प्रत्याभूत गरेको दलितको हक तथा भूमिहिन दलितलाई एक पटक जमिन उपलब्ध गराउने र आवासबिहीन दलितहरुलाई कानूनबमोजिम बसोवासको व्यवस्थालाई नेपाल सरकारले प्रमाथमिकताका साथ कार्यान्वयन गर्दै आइरहेको छ । दलित समुदायको उत्थानको लागि कार्यान्वयनमा रहेका विभिन्न ऐनहरुको समयसापेक्ष बनाइएका छन् । मुलुकको मुलुकी अपराध संविधान, २०७४ को दफा १६०,१६१ र १६६ मा अनिवार्य तथा निशुल्क शिक्षासम्बन्धी ऐन, जनस्वास्थ्य सेवा ऐन र आवास अधिकारसम्बन्धी ऐन, भूमिसम्बन्धी ऐन, २०२१ मा आठौं संशोधन भएको छ ।’

उनले भूमिहिनहरुलाई जग्गा उपलब्ध गराउन सरकारले ल्याएको भूमिसम्बन्धी ऐन संसदीय समितिमा छलफलको क्रममा रहेको बताए ।


प्रकाशित मिति: ११ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?