Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

अर्थतन्त्र र विकास प्रक्रियालाई केही मुठीभर दलालहरुले कब्जामा लिए : प्रचण्ड


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिले नेपालको मुख्य दुश्मन राजतन्त्र नभएको बताउदै उनले  विकास र समृद्धिको यात्रामा नोकरशाही पुँजीवाद नै मुख्य वाधक भएको जिकिर गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय उठ्न जमर्को गरेपनि नेपालमा सामन्ती निरंकुशतन्त्र र राजतन्त्र मुख्य दुश्मन नभएको बताएका छन् । उनले नेपालमा अहिले दलाल पुँजीपतिहरु, विचौलियाहरु,ले नेपाल राज्यलाई विध्वंश बनाउदै नेपालको अर्थतन्त्र र विकास प्रक्रियालाई केही मुठीभर दलालहरुले आफ्नो कब्जामा लिएको उल्लेख गरेका छन् ।

अध्यक्ष दाहालले भने, ‘नेपालमा अहिले दलाल पुँजीपतिहरु, विचौलियाहरु, केही थोरैले नेपाल राज्यलाई विध्वंश पार्दैछन् । नेपालको अर्थतन्त्रलाई, नेपालको विकास प्रक्रियालाई केही मुठीभर दलालहरुले आफ्नो कब्जामा लिएका छन् । आजको विकास र समृद्धिको यात्रामा नोकरशाही पुँजीवाद नै मुख्य वाधक भएको छ । आजभोलि साँच्चै दयनीय स्थिति छ । हामीले विधायिकातिर हेर्दा लाजमर्दो स्थिति छ । संघीय निजामति विधेयकमा के भयो छेडखानी ? सबै सांसदहरु अपमानित हुनेगरी चलखेल र छेडखानी कसले ग¥यो ? अदालत, व्युरोकेसी, भ्रष्टाचार सर्वत्र छ । यसका विरुद्ध हामी लड्नुपर्छ । अहिले नेपालमा सामन्ती निरंकुशतन्त्र र राजतन्त्र मुख्य दुश्मन छैन नेपालमा । उठ्न जमर्को गरेपनि त्यो उठ्नेवाला पनि होइन ।’

अध्यक्ष दाहालले भ्रष्टाचार, दलाल पुँजीवाद, नोकरशाही पुँजीवादको विरुद्ध सबै एक हुने संकल्प गर्न जरुरी रहेको बताएका छन् ।


प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?