Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

काँग्रेसलाई एमालेले भन्योः संशोधन राख्न सांसदहरु स्वतन्त्र छन्


काठमाडौँ। सत्तारुढ दल नेकपा एमालेले सत्ता साझेदार नेपाली काँग्रेसलाई संघीय निजामति विधेयकबारे आफ्ना सांसदहरुको संशोधन प्रश्ताव स्वतन्त्र रुपले राखेका बताएको छ ।

राष्ट्रिय सभामा रहेको निजामति विधेयकमा कुलिङ पिरियड हटाउनेबारेमा एमाले सांसदहरुले संशोधन प्रश्ताव दर्ता गराएका छन् । यसबारेमा संसदमा बहस भइरहेको छ । काँग्रेसको जिज्ञासामा आफ्ना सांसदहरु संशोधन हाल्नका लागि स्वतन्त्र रहेको कुरा बताएको काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए । शुक्रवार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकपछि बैठकबारे सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक घिमिरेले काँग्रेसले कुलिङ पिरियडमा एमाले सांसदहरुको संशोधनबारे बुझ्दा एमालेले संशोधनका लागि सांसदहरु स्वतन्त्र रहेको र त्यहीअनुसार संशोधन आएको बताएको जानकारी दिए । सरकारले ल्याएकै भूमि ऐनमा पनि काँग्रेसका केही सांसदहरुले संशोधन राखेकाले यसलाई सामान्य रुपमा बुझ्नुपर्ने उनले बताए ।

उनले भने, ‘उहाँहरुको समग्र पार्टीको तर्फबाट कुरा के आएको छ भने सांसदहरुले आफ्नो ढंगले संशोधन प्रश्ताव राखे । सांसदहरु स्वतन्त्र हुन्छन् । आफ्नो संशोधनहरु राख्न स्वतन्त्र हुन्छन् । भूमि ऐनमा हाम्रा १०÷१२ जना सांसदहरुले राख्नुभयो । तर त्यो सरकारबाटै आएको थियो । सरकारबाटै आएको विधेयकमा पनि राख्ने प्रचलन भएकाले राखिएको हो भन्ने छ । छलफल गरेर अघि बढ्ने विषय छ ।’

कुलिङ पिरियडबारे थप छलफल गरेर टुंग्याइने पनि प्रमुख सचेतक घिमिरेले बताए ।


प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?