Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

काँग्रेसलाई एमालेले भन्योः संशोधन राख्न सांसदहरु स्वतन्त्र छन्


काठमाडौँ। सत्तारुढ दल नेकपा एमालेले सत्ता साझेदार नेपाली काँग्रेसलाई संघीय निजामति विधेयकबारे आफ्ना सांसदहरुको संशोधन प्रश्ताव स्वतन्त्र रुपले राखेका बताएको छ ।

राष्ट्रिय सभामा रहेको निजामति विधेयकमा कुलिङ पिरियड हटाउनेबारेमा एमाले सांसदहरुले संशोधन प्रश्ताव दर्ता गराएका छन् । यसबारेमा संसदमा बहस भइरहेको छ । काँग्रेसको जिज्ञासामा आफ्ना सांसदहरु संशोधन हाल्नका लागि स्वतन्त्र रहेको कुरा बताएको काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए । शुक्रवार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकपछि बैठकबारे सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक घिमिरेले काँग्रेसले कुलिङ पिरियडमा एमाले सांसदहरुको संशोधनबारे बुझ्दा एमालेले संशोधनका लागि सांसदहरु स्वतन्त्र रहेको र त्यहीअनुसार संशोधन आएको बताएको जानकारी दिए । सरकारले ल्याएकै भूमि ऐनमा पनि काँग्रेसका केही सांसदहरुले संशोधन राखेकाले यसलाई सामान्य रुपमा बुझ्नुपर्ने उनले बताए ।

उनले भने, ‘उहाँहरुको समग्र पार्टीको तर्फबाट कुरा के आएको छ भने सांसदहरुले आफ्नो ढंगले संशोधन प्रश्ताव राखे । सांसदहरु स्वतन्त्र हुन्छन् । आफ्नो संशोधनहरु राख्न स्वतन्त्र हुन्छन् । भूमि ऐनमा हाम्रा १०÷१२ जना सांसदहरुले राख्नुभयो । तर त्यो सरकारबाटै आएको थियो । सरकारबाटै आएको विधेयकमा पनि राख्ने प्रचलन भएकाले राखिएको हो भन्ने छ । छलफल गरेर अघि बढ्ने विषय छ ।’

कुलिङ पिरियडबारे थप छलफल गरेर टुंग्याइने पनि प्रमुख सचेतक घिमिरेले बताए ।


प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?