Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

जलवायु परिवर्तनको असर प्रत्यक्ष देखिएको छ, रसुवागढीको घटना यसकै परिणाम होः देउवा


काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनको असर नेपालका विभिन्न क्षेत्रहरुमा प्रत्यक्ष देखिएको भन्दै न्युनिकरणका लागि पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको विभिन्न भूभागमा जलवायु परिवर्तनका प्रत्यक्ष असर देखिरहेको बताउँदै हिमाली क्षेत्रमा हिमताल विष्फोट हुने क्रम बढिरहेको बताए । रसुवागढीमा हालै भएको घटना जलवायु परिवर्तनका कारण हिमताल विष्फोट हुँदाको परिणाम भएको बताए । संसारभर नै जलवायु परिवर्तनको असर निरन्तर बढिरहेको बताए ।

सभापति देउवाले भने, ‘हाल नेपालको विभिन्न भूभागमा जलवायु परिवर्तनका प्रत्यक्ष असर देखिरहेका छन् । हिमाली क्षेत्रमा हिमताल विष्फोट भएको छ । रसुवाको रसुवागढी भन्दा माथि हिमताल फुटेर त्यत्रो ठूलो बाढी आएर भयावह अवस्था भयो । धेरै मानिसको ज्यान गएको छ । मेलम्चीमा धेरै बाढी आएको थियो । ठूलो क्षति भएको थियो । हिमताल फुटेर नेपालमा धेरै ठूलो समस्या ल्याएको छ । संसारभर नै जलवायु परिवर्तनको असर बढेको छ । धेरै देशहरु जागरुक भएका छन् । जलवायु परिवर्तनलाई कुनैपनि हालतमा न्युनिकरण गरेर जानुपर्छ । यसले भोलिका दिनमा धेरै समस्या निम्त्याउनेछ । ’

सभापति देउवाले नेपालमा जलवायु परिवर्तनको असर डरलाग्दो बनेको बताए । जलवायु परिवर्तनको असर कम गर्न विद्युतीय सवारीको प्रयोग बढाउनुपर्ने बताए ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?