Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

एमाले केन्द्रिय कमिटी बैठकमा विद्या भण्डारीलाई राजनीतिमा ल्याउन नहुने मत बलियो


काठमाडौँ। नेकपा एमालेभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी प्रवेश गराउन नहुने मत बढेको छ ।

केन्द्रिय कमिटीको सोमवार र मंगलवारको बैठकमा बोल्ने अधिकांश नेताहरुले भण्डारीलाई राजनीतिमा प्रवेश गराउन नहुने मत राखेका हुन् । उनीहरुले गणतन्त्रको गौरवको रुपमा रहिसकेको व्यक्ति कुनै दलमा आउने की नआउने कुरा प्राविधिक विषय मात्रै नभएको बताए । बैठकबारे जानकारी दिँदै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले गणतन्त्रको गौरवको रुपमा रहीसकेको व्यक्ति कुनै राजनीतिक दलमा प्रवेश गर्नेकुरा एउटा राजनीतिक दलको विषय मात्रै नभएको बताए । उनले यो विषयलाई आागमी दिनमा पर्ने प्रभावलाई मध्यनजर गरेर संविधानको भावना र मर्मअनुसार नजिर स्थापित हुनेगरी निर्णय लिनुपर्ने बताए । केन्द्रिय कमिटीको बैठकले यसबारे निर्णय लिने उनको भनाइ छ । एमालेमा १ लाख ३९ हजार पार्टी सदस्यता वृद्धि भएको पनि जानकारी दिए ।

उनले भने, ‘अहिलेसम्म केन्द्रिय कमिटीका ५८ जना सदस्यहरुले धारणा राख्नुभएको छ । अब ७७ जना बाँकी हुनुहुन्छ । बैठकमा पार्टी सदस्यताको विषय गम्भीरतापूर्वक उठेको छ । अधिकांश सदस्यहरुले पार्टी सदस्यता दुई वटा राख्नु उचित भएको बताउनुभएको छ । यसलाई सशक्त ढंगले कार्यान्वयन गर्नुपर्ने राय आएको छ । नेकपा एमालेको १ लाख ३९ हजार पार्टी सदस्यता वृद्धि भएको छ । २८ प्रतिशत सदस्य संख्या वृद्धि भएको छ । सरकारको प्रभावकारीता, महंगी नियन्त्रण, डेलीभरी व्यवस्थित गर्ने, सुशासन कायम गर्न विशेष जोड दिन सुझाव आएका छन् । पूर्वराष्ट्रपतिज्युको पार्टी सदस्यता नविकरण र पार्टीमा प्रवेश गर्नेकुरा अधिकांश सदस्यहरुले जिज्ञासा राखेका छन् । साझा व्यक्तित्व भइसकेको, गणतन्त्रको गौरवको रुपमा रहिसकेको व्यक्ति कुनै दलमा आउने की नआउने कुरा प्राविधिक र एउटा पार्टी विशेषको विषय होइन । यो नयाँ विषय हो । यसले भोलि जनतामा, प्रणाली, व्यवस्थामा के प्रभाव पर्दछ, संविधानको भावना र मर्मको कस्तो नजिर र अभ्यास हुन्छ भन्नेकुरामा पार्टीले स्पष्ट राजनीतिक निर्णय गर्नुपर्छ भन्ने अधिकांश केन्द्रिय सदस्यहरुको जोड छ । यो निकै महत्वको विषय भएकाले केन्द्रिय कमिटीको बैठकले निर्णय लिनेछ ।’

उनले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा प्रवेश गर्न दिनेकुरा राजनीतिक आन्दोलनमा पार्ने प्रभावलाई ध्यानमा राखेर निर्णय हुने पनि बताए ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?