Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

पूर्वराष्ट्रपति भण्डारीलाई एमाले केन्द्रिय कमिटीका अधिकांश सदस्यहरुले भनेः पूर्वराष्ट्रपतिकै हैसियतमा बस्नुस्


काठमाडौँ। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किन नहुने धारणा पार्टीका केन्द्रिय कमिटीका नेताहरुले राखेको बताएका छन् ।

केन्द्रिय कमिटीको बैठकमा मंगलवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । बैठकमा आफ्नो धारणा राख्नुहुने अधिकांश नेताहरुले राष्ट्रिय महाधिवेशनमा प्रश्तुत गरिने विधान र त्यसको संशोधित प्रावधानका बारेमा छलफल गरेको बताए । उनले केन्द्रिय कमिटीका अधिकांश सदस्यहरुले भण्डारीलाई पूर्वराष्ट्रपतिको हैसियतमै बस्न आग्रह गरेको बताए ।

उनले भने, ‘अधिकांश बोल्नुहुने प्रतिनिधिहरुले राष्ट्रिय महाधिवेशनमा प्रश्तुत गरिने विधान र त्यसको संशोधित प्रावधानका बारेमा छलफल भएको छ । पूर्वराष्ट्रपतिको विषयमा पनि कुरा उठेको छ । कोशी प्रदेशका कमरेडहरुले बोलिसक्नुभयो । अहिलेसम्म बोल्नुहुने केन्द्रिय कमिटीको सदस्यहरुले पूर्वराष्ट्रपतिको हैसियतमै बस्न उपयुक्त हुन्छ । पार्टी राजनीतिमा आउने कुरा प्रणालीको लागि, व्यवस्थाको लागि राम्रो हुँदैन भन्नेकुरा राख्नुभएको छ । यसका बारेमा पार्टीले आवश्यक निर्णय लिनुपर्ने सुझाव राख्नुभएको छ ।’

प्रमुख सचेतक बर्तौलाले आज नै बैठक समापन गर्ने तयारी भइरहेको बताए ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?