Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

भ्रष्टाचार विरोधी साइनबोर्डहरु उखेलेर फालिदिए हुन्छ: माओवादी


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आले मगरले प्रधानमन्त्रीको संरक्षणमा भ्रष्टाचार मौलाइरहेको आरोप लगाएका छन् ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै सांसद आलेमगरले भ्रष्टाचारमा संलग्न मन्त्रीहरुलाई सत्तारुढ दलहरु र प्रधानमन्त्री स्वंयले संरक्षण गरिरहेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचार विरोधी साइनबोर्डहरु उखेलेर फाल्न समेत आग्रह गरे । प्रधानमन्त्रीले भ्रष्टाचारीमो मुख हेर्ने मात्र नभई मायाले गाला मुसारेर मपन्त्रपरिषद्मा राखेको टिप्पणी पनि गरेका छन् ।

उनले भने, ‘अध्यक्ष महोदय म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्नँ, भ्रष्टाचारीको मुख पनि हेर्दिन भन्ने साइनबोर्डहरु निकालेर फालिदिए हुन्छ जस्तो लाग्छ । किनभने जताततै भ्रष्टाचार मात्र देखिन्छ । भ्रष्टाचार गर्ने एकजना मन्त्रीलाई सम्मननीय प्रधानमन्त्रीज्यूले मुख मात्र हेर्ने होइन कि  मायाले गाला मुसारेर मन्त्रिपरिषद् बैठकमा पनि राख्नुहुन्छ । र थेग्न नसक्नेपछि निलम्वन गर्नुहुन्छ । एक जना मन्त्रीलाई निकाल्नुभयो । अर्को एक जना पाइपलाईनमा हुनुहुन्छ । उहाँलाई जोगाउने लाइफलाइन छ कि छैन ?’

उनले भ्रष्टाचारमा संलग्न पाइपलाइनमा रहेका मन्त्रीको लाइफलाइन छ कि छैन ? भन्दै प्रश्न गरेका छन् ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?