Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

एमाले केन्द्रिय कमिटीको बैठक शुरु, यि हुन् छलफलका विषय


काठमाडौँ। सत्तारुढ दल नेकपा एमालेको केन्द्रिय कमिटी बैठक शुरु भएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलममा बैठक शुरु भएको हो । बैठकमा दोस्रो विधान महाधिवेशनमा प्रश्तुत हुने राजनीतिक प्रतिवेदनको अवधारणासहित पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक विषयमा सम्बोधन गर्ने छन् । साथै भदौ २० देखि २२ गतेसम्म हुने दोस्रो विधान महाधिवेशनको तयारीमा केन्द्रित छलफल, पोलिटब्युरो बैठकले अनुमोदन गरेको विधान संशोधन प्रश्तावलाई उपाध्यक्ष विष्णुप्रसाद पौडेलले केन्द्रिय कमिटीको बैठकमा प्रश्तुत गर्ने छन् । त्यस्तै विधान महाधिवेशनमा प्रश्तुत गरिने संगठनात्मक प्रश्ताको सन्दर्भमा महासचिव शंकर पोखरेलले वडा केन्द्रित अभियान, सदस्यता नविकरण, प्रतिगमनकारी क्रियाकलाप विरुद्धको जागरण अभियान र स्थानीय कमिटीहरुको अधिवेशन लगायतका बारेमा बैठकलाई जानकारी गराउनुहुने कार्यसूचि रहेको छ ।

केन्द्रिय कार्यालयको जिम्मा रहेको विधान महाधिवेशनको तयारी र अन्य व्यवस्थापनसम्बन्धी जानकारी केन्द्रिय कमिटीको बैठकमा प्रश्तुत हुने बताइएको छ । साथै समसामयिक राजनीतिका विषयमा पनि छलफल हुनेछ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा सक्रिय राजनीतिमा फर्काउने वा नफर्काउने भन्ने निर्णय पनि केन्द्रिय कमिटीले गर्ने बताइएको छ । बैठक सोमवार र मंगलवार गरी दुई दिन चल्नेछ ।


प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?