Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

पार्टी पदाधिकारी हेरफेरको विवरण अद्यावधिक गर्न विलम्व गरेको भन्दै निर्वाचन आयोग पुग्यो रास्वपा


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी पदाधिकारी हेरफेरको विवरण अद्यावधिक गर्न विलम्व गरेको बारेमा निर्वाचन आयोगमा गएर जानकारी लिएको छ ।

आईतवार पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीसहित पार्टीको कानून विभागका सदस्यहरुले आयोगमा पुगेर यसबारे चासो राखेका हुन् । निर्वाचन आयोगका कार्यकारी प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँगको छलफलपछि आयोगले आफूहरुले अद्यावधिक गरिरहेको जानकारी दिएको महामन्त्री बुर्लाकोटीले बताए । उनले पार्टीको पदाधिकारी हेरफेरको विवरण अद्यावधिक गर्न विलम्व गरेको अवस्थाबारे आफूहरुले आयोगलाई झक्झक्याएको बताए । आयोगले पार्टीले दिनुपर्ने कागजातहरु सबै पुगेको जानकारी गराएको पनि बताए । पार्टीले २०८१ असार १७ गतेदेखि विवरण बुझाएको र विवरण हेरफेर भएका कुरा पटक पटक बुझाएपनि अद्यावधिक नगरिएको आरोप उनको छ ।

उनले भने, ‘पार्टीको कानून विभागका कानून व्यवसायी साथीहरुसहित आउनुको कारण निर्वाचन आयोगले पार्टीको पदाधिकारी हेरफेरको विवरण अद्यावधिक गर्न विलम्व गरेको अवस्था देखियो । यो विलम्व नगर्नुपर्ने, यसमा केही कैफियत छ की त भनेर कुरा राख्न आएका थियौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुखज्युलाई सचिवज्युहरुसहित छलफल गरेका छौँ । पार्टीबाट बुझाइएका विवरणहरु सबै पुगेको छ भन्ने जानकारी गराउनु भयो । हामीले २०८१ असार १७ गतेदेखि विवरण बुझाएको र विवरण हेरफेर भएका कुरा पटक पटक बुझाइरहेका छौँ । किन विलम्व भयो भन्नेकुरा गर्दा गर्दैछौँ भन्नेकुरा आयो ।’

अद्यावधिकको क्रममा द्रुत गतिमा अघि बढ्नुपर्ने माग आफूहरुले राखेको बताए ।


प्रकाशित मिति: ४ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?