Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

सबैका नकारात्मक कुराहरुमा टिप्पणी गर्ने पत्रकारिता क्षेत्र आफैँ अराजक भए समाजलाई राम्रो गर्दैनः सांसद शर्मा


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले सञ्चारमाध्यम आफैँ स्वनियमनमा जानुपर्ने बताएकी छिन् ।

आईतवारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले सञ्चारमाध्यमहरु सकेसम्म आफैँ स्वनियमनमा जानुपर्ने बताइन । सबैका संस्कार, आचारण, सबैका नकारात्मक कुराहरुमा टिप्पणी गर्ने, जुन पत्रकारिता क्षेत्र आफैँ अराजक भए त्यसले समाजमा राम्रो नगर्ने बताइन । पत्रकारिताको नाममा भएको अराजकता रोक्नुपर्ने बताएकी छिन् ।

सांसद शर्माले भनिन, ‘सकेसम्म स्वनियमनमा जानुपर्छ । पत्रकारहरु आफैँ आफ्नो आचारसंहीतामा जानुपर्छ । सबैका संस्कार, आचारण, सबैका नकारात्मक कुराहरुमा टिप्पणी गर्ने, जुन पत्रकारिता क्षेत्र छ । त्यो आफैँ फेरि अराजक भयो भने त्यसले राम्रो गर्दैन समाजमा । ’

सांसद शर्माले सबैखाले सञ्चारमाध्यमलाई समेट्नसक्ने नियामक निकाय आवश्यक रहेको बताइन ।


प्रकाशित मिति: ४ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?