Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

सबैका नकारात्मक कुराहरुमा टिप्पणी गर्ने पत्रकारिता क्षेत्र आफैँ अराजक भए समाजलाई राम्रो गर्दैनः सांसद शर्मा


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले सञ्चारमाध्यम आफैँ स्वनियमनमा जानुपर्ने बताएकी छिन् ।

आईतवारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले सञ्चारमाध्यमहरु सकेसम्म आफैँ स्वनियमनमा जानुपर्ने बताइन । सबैका संस्कार, आचारण, सबैका नकारात्मक कुराहरुमा टिप्पणी गर्ने, जुन पत्रकारिता क्षेत्र आफैँ अराजक भए त्यसले समाजमा राम्रो नगर्ने बताइन । पत्रकारिताको नाममा भएको अराजकता रोक्नुपर्ने बताएकी छिन् ।

सांसद शर्माले भनिन, ‘सकेसम्म स्वनियमनमा जानुपर्छ । पत्रकारहरु आफैँ आफ्नो आचारसंहीतामा जानुपर्छ । सबैका संस्कार, आचारण, सबैका नकारात्मक कुराहरुमा टिप्पणी गर्ने, जुन पत्रकारिता क्षेत्र छ । त्यो आफैँ फेरि अराजक भयो भने त्यसले राम्रो गर्दैन समाजमा । ’

सांसद शर्माले सबैखाले सञ्चारमाध्यमलाई समेट्नसक्ने नियामक निकाय आवश्यक रहेको बताइन ।


प्रकाशित मिति: ४ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?