Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

शेरबहादुर तामाङको दाबीः बैठकमा कुनै नेताहरुबीच भनाभन भएको छैन


काठमाडौँ। नेकपा एमालेका नेता शेरबहादुर तामाङले पार्टीमा आफ्ना धारणा राख्न कुनै बन्देज नरहेको बताएका छन् ।

शनिवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा जारी पोलिटब्युरो बैठकका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले बैठकमा नेताहरुले आफ्नो दृष्टिकोण भरपूर रुपमा स्वतन्त्र भएर राख्नुभएको दाबी गरे । पार्टीमा रहेर पनि पार्टीलाई आलोचना गर्ने, निरन्तर पार्टीको आलोचना गर्ने कारणले केही नेताहरुलाई कारबाही गरेपनि आत्मालोचनापछि पार्टीमा फर्किसकेको बताए । बैठकमा कुनै सदस्यहरुको बीचमा कुनै भनाभन नभएको पनि दाबी गरे । प्रश्तावित पार्टी विधानमा तीन जना उपाध्यक्ष रहने र वरिष्ठ उपाध्यक्ष नराख्ने प्रश्ताव रहेको बताए ।

उनले भने, ‘बैठकमा सदस्यहरुले आफ्नो दृष्टिकोण भरपूर रुपमा स्वतन्त्र भएर राख्नुभएको छ । त्यहाँ कुनै बन्देज छैन । विगतका कतिपय एक दुई वटा घटनाहरुमा पार्टीमा रहेर पनि पार्टीलाई आलोचना गर्ने, निरन्तर पार्टीको आलोचना गर्ने कारणले केही साथीहरु पार्टी भन्दा बाहिर रहनु पनि भयो । केही साथीहरु आत्मालोचना गरिसकेपछि पार्टीले पुनः स्वीकार गरिसकेको छ । अमुक केही घटनाहरुलाई लिएर एमालेभित्र अब वाक स्वतन्त्रता, पार्टीमा दृष्टिकोण राख्ने कुरैमा बन्देज छ भन्नेकुरा बाहिर जुन चर्चा भएको छ, त्यो सत्यता होइन । एमालेको बैठकमा कुनै सदस्यहरुको बीचमा कुनै भनाभन भएको छैन । हामी सौहाद्रपूर्ण रुपमा दृष्टिकोण राखिरहेका छौँ । उपाध्यक्ष तीन मात्रै रहने प्रश्ताव छ, वरिष्ठ उपाध्यक्ष रहने प्रश्ताव छैन ।’

नेता तामाङले उमेर हद क्रियाशिलतामा आधारित हुने भएकाले उमेर पुग्नसाथ उसको क्रियाशिल कम हुने भन्ने नरहेको बताए ।


प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?