Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

एमाले पोलिटब्युरोः उमेरहद, दुई वर्षे कार्यकाल र भण्डारीको सदस्यता नविकरणबारे बहस


काठमाडौँ। नेकपा एमाले पोलिटब्युरो बैठकमा ७० वर्षे उमेरहद र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सदस्यता नविकरण गरेको कुरामा नेताहरुले आफ्ना धारणा राखेका छन् ।

शनिवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा जारी बैठकमा पार्टी विधानमा उल्लेख भएका विषय अतिरिक्त ७० वर्षे उमेरहद, दुई वर्षे कार्यकाल र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सदस्यता नविकरण गरेका कुरामा आफ्ना धारणाहरु केन्द्रित गरेका हुन् । सञ्चारकर्मीहरुस्ँग कुरा गर्दै प्रचार विभाग प्रमुअ राजेन्द्र गौतमले अहिलेसम्म ३२ जना स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यहरुले आफ्ना धारणा राखेको जानकारी दिए । उनका अनुसार अब ४० जनाले धारणा राखेपछि बैठक आजै समापन गरिनेछ । पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक आजै सक्न रुलिङ गरेका र त्यसैअनुसार नेताहरुले धारणा राख्ने काम जारी रहेको बताए ।

उनले भने, ‘बैठक आज जारी छ । अहिलेसम्म विधानको संशोधन प्रश्तावमा आधारित भएर पार्टीका स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरुले आफ्नो राय राख्ने काम जारी छ । अहिलेसम्म ३२ जना पोलिटब्युरो र स्थायी कमिटीका सदस्यले आफ्नो राय राख्नुभएको छ । पार्टी अध्यक्षले रुलिङ गर्नुभएअनुसार आजै बैठक समापन गरिँदैछ । बोल्न बाँकी झन्डै ४० जना हुनुहुन्छ । आजको बैठकमा पार्टीका नेताहरुले पार्टी विधानमा उल्लेख भएका विषय अतिरिक्त ७० वर्ष उमेरहद, दई वर्षे कार्यकाल, सम्माननीय पूर्वराष्ट्रपतिले राजनीतिमा प्रवेश गर्नुभएको कुरा, उहाँको सदस्यता नविकरण लगायतका विषयहरु प्रश्तुत भएका छन् । जिल्ला कमिटीलाई समन्वय बनाउने कुरा, प्रदेश कमिटी र स्थानीय कमिटीलाई कार्यकारी बनाउने कुरा जस्ता महत्वपूर्ण सुझावहरु आएका छन् ।’

प्रचार विभाग प्रमुख गौतमकाअनुसार नेताहरुले जिल्ला कमिटीलाई समन्वय बनाउने, प्रदेश कमिटी र स्थानीय कमिटीलाई कार्यकारी बनाउनुपर्ने सुझाव दिएका छन् ।


प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?