Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

एमाले पोलिटब्युरोः उमेरहद, दुई वर्षे कार्यकाल र भण्डारीको सदस्यता नविकरणबारे बहस


काठमाडौँ। नेकपा एमाले पोलिटब्युरो बैठकमा ७० वर्षे उमेरहद र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सदस्यता नविकरण गरेको कुरामा नेताहरुले आफ्ना धारणा राखेका छन् ।

शनिवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा जारी बैठकमा पार्टी विधानमा उल्लेख भएका विषय अतिरिक्त ७० वर्षे उमेरहद, दुई वर्षे कार्यकाल र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सदस्यता नविकरण गरेका कुरामा आफ्ना धारणाहरु केन्द्रित गरेका हुन् । सञ्चारकर्मीहरुस्ँग कुरा गर्दै प्रचार विभाग प्रमुअ राजेन्द्र गौतमले अहिलेसम्म ३२ जना स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यहरुले आफ्ना धारणा राखेको जानकारी दिए । उनका अनुसार अब ४० जनाले धारणा राखेपछि बैठक आजै समापन गरिनेछ । पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक आजै सक्न रुलिङ गरेका र त्यसैअनुसार नेताहरुले धारणा राख्ने काम जारी रहेको बताए ।

उनले भने, ‘बैठक आज जारी छ । अहिलेसम्म विधानको संशोधन प्रश्तावमा आधारित भएर पार्टीका स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरुले आफ्नो राय राख्ने काम जारी छ । अहिलेसम्म ३२ जना पोलिटब्युरो र स्थायी कमिटीका सदस्यले आफ्नो राय राख्नुभएको छ । पार्टी अध्यक्षले रुलिङ गर्नुभएअनुसार आजै बैठक समापन गरिँदैछ । बोल्न बाँकी झन्डै ४० जना हुनुहुन्छ । आजको बैठकमा पार्टीका नेताहरुले पार्टी विधानमा उल्लेख भएका विषय अतिरिक्त ७० वर्ष उमेरहद, दई वर्षे कार्यकाल, सम्माननीय पूर्वराष्ट्रपतिले राजनीतिमा प्रवेश गर्नुभएको कुरा, उहाँको सदस्यता नविकरण लगायतका विषयहरु प्रश्तुत भएका छन् । जिल्ला कमिटीलाई समन्वय बनाउने कुरा, प्रदेश कमिटी र स्थानीय कमिटीलाई कार्यकारी बनाउने कुरा जस्ता महत्वपूर्ण सुझावहरु आएका छन् ।’

प्रचार विभाग प्रमुख गौतमकाअनुसार नेताहरुले जिल्ला कमिटीलाई समन्वय बनाउने, प्रदेश कमिटी र स्थानीय कमिटीलाई कार्यकारी बनाउनुपर्ने सुझाव दिएका छन् ।


प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?