Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

विदेश भ्रमणलाई उपलब्धीमुलक बनाउनुपर्नेमा सांसदहरुको जोड


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले विदेश भ्रमणलाई उपलब्धीमुलक बनाउनुपर्नेमा जोड दिए ।

जनताको करमा विदेश भ्रमण गर्ने तर उपलब्धि नहुने वा विदेशमा सिकेका संसदीय अभ्यासहरु नेपालमा आएर लागू नगर्ने परिपाटीको अन्त्य गर्न जरुरी रहेको बताएका हुन् । बिहीवार सिंहरदरबारमा बसेको नेपाल—बेलायत संसदीयमैत्री समूहको बैठकमा बोलदै उनले विदेश जाने कुरा जानका लागि जाने मात्रैमा सिमित हुन नहुने बताए । विदेश भ्रमणबाट देशलाई के लाभ भयो भन्नेकुरा महत्वपूर्ण हुने पनि बताए । नेपाल चेम्बर अफ कमर्सको विधान लण्डन चेम्बर अफ कमर्सको विधान सापटी लिएर बनाइएको पनि बताए । उनले लण्डन चेम्बर अफ कमर्सको विधानलाई नेपालीमा अनुवाद गरेर नेपाल चेम्बर अफ कमर्सको विधान बनाइएको बताए ।

उनले भने, ‘अहिले आम नेपालीहरुलाई विदेश जाने, आउने भन्ने चिज उपलब्धीमुलक नभएको जस्तो भयो । विदेश जाने चिज बाँड्ने जस्तो भएको छ । लाभ लिएको नलेको, उपलब्धी भएको वा नभएको जस्तो भन्ने स्थिति छ । नेपाल चेम्बर अफ कमर्स हामी सानो हुँदा हाम्रो घरमा गठन भएको थियो । त्यसको नाम वाणिक मण्डल थियो । राजा कहाँ गएर निवेदन दिनुपर्दा, व्यापारीहरुलाई सुरक्षा दिन, आर्थिक गतिविधि माथि उठाउन निवेदन दिँदा राजाले विधान बनाउनुस् भन्नुभयो । विधान बनाउन नआउने । त्यसैले नेपाल चेम्बर अफ कमर्सले आफ्नो विधान लण्डन चेम्बर अफ कमर्सबाट सापटी लिएको थियो ।’

बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले कानून बनाइसकेपछि कार्यान्वयन भए नभएको बारेमा अध्ययन गर्न जरुरी रहेको बताए । उनले उत्तर विधायिकी परीक्षण धेरै महत्वपूर्ण रहेको बताए ।

उनले भने, ‘कानून बनिसकेपछि त्यसको कार्यान्वयन भयो की भएन ? उत्तर विधायिकी परीक्षण धेरै महत्वपूर्ण छ । यो हाम्रो महत्वपूर्ण जिम्मेवारीभित्र पर्छ । संसदले कानून बनाउँछ, कानून लागू भइरहेको हुँदैन ।’

व्यवसायी राजेन्द्र खेतानले बेलायती नेपालीहरुको चाहना नेपालको माटोमा लगानी गर्ने रहेको बताए । उनले लगभग एक लाख नेपाली बेलायतमा भायब्रेण्ट सोसाइटीको रुपमा रहेको र उनीहरु नेपालमा लगानी गर्ने चाहनामा बसेको बताए ।

उनले भने, ‘आज भन्दा १०÷२० वर्ष पहिला र आजको अवस्थामा धेरै फरक छ । लगभग एक लाख नेपाली बेलायतमा भायब्रेण्ट सोसाइटीको रुपमा उभिएका छन् । बेलायतको कुनैपनि कुनामा आधा, एक घण्टा हिँड्ने हो भने नेपालीसँग भेट नहुने, नेपाली रेष्टुरेण्ट नपाउने भन्ने ठाउँ छैन । त्यो सोसाइटी इकोनोमि फेजमा धेरै माथि छ । त्यहाँका बेलायती नेपालीहरु माटोमा लगानी गर्न चाहन्छन् । पोखरामा हरेक १० वटा होटलमध्ये एउटामा बेलायती नेपालीका होटेलहरु छन् ।’

उनले बेलायतमा रहेका नेपालीहरु आर्थिक अवस्थामा धेरै सुदृढ रहेकोले नेपालमा लगानी गर्ने चाहनालाई नेपाल सरकारले उचित वातावरण मिलाएर अघि बढाउनुपर्ने बताए ।


प्रकाशित मिति: १ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?