Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

अहिलेको संसदीय अभ्यास नैराश्यता र नकारात्मकतामा सिमित भयोः सांसद नेम्वाङ


काठमाडौँ। एमाले सांसद सुहाङ नेम्वाङले अहिलेको संसदीय अभ्यास नैराश्यता र नकारात्मकतामा सिमित हुन थालेको बताएका छन् ।

बिहीवार सिंहदरबारमा नेपाल—बेलायत संसदीयमैत्री समूहको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले संसदमा नैराश्यता र नकारातमकता फैल्याउने काम भइरहेको र यसले संसदीय मर्यादामाथि प्रश्न उठाउने जिकिर गरे । उनले संसदबाट भइरहेका नकारात्मक र नैराश्यताका कुराहरु जनताले मूल्यांकन गरिरहेको पनि बताए । कानूनलाई जीवन्त बनाउने काम सांसदहरुको भएको र सांसदहरुले कानूनलाई जीवन्त बनाउँदै जनतामा आशा जगाउनुपर्ने बताए । बेलायती संसदका अभ्यास र अनुभव सिकिरहँदा नेपाली भूगोल र जनतासँग कतिपय कुराहरु मेल नखाने भएकाले आफ्नो भूगोल र जनताको अपेक्षाअनुसार कामहरु गर्दै जानुपर्ने बताएका छन् ।

उनले भने, ‘यत्तिकै त नैराश्यता र नकारात्मकताको हाम्रो अहिले संसदीय अभ्यास भइरहेको छ । महत्वपूर्ण कुराहरु जनताले क्लियरल्ली सुन्न पाउँदा राम्रो हुन्छ । कानूनलाई जीवन्त बनाउने काम भनेको हामी सबैको हो । बेलायतमा भएको संसदीय अभ्यास कुन तरिकाले आफ्नो अभ्यासलाई निरन्तरता दिन्छन्, काम गर्छन् भन्ने हो । हामीले जनता र देशको भूगोललाई मध्यनजरमा राखेर काम गर्नुपर्छ । किनभने बेलायतको व्यवस्था यहाँ सिकिरहँदा हुबहु नेपालमा लागू गर्न सक्छौँ की सक्दैनौँ, हुबहु लागू नहुन सक्छ । तर उहाँहरुको ज्ञान र अनुभव लिइरहनुपर्छ । हामीले विदेश भ्रमण गरेको नतिजा फलदायी भएको छ की छैन भन्नेकुराको पनि अध्ययन गर्नुपर्छ । जनताको करबाट विदेश भ्रमण गर्ने तर हेरेर आइसकेपछि केही पनि नगर्ने भन्ने आरोप छ । त्यो भाष्यलाई चिरेर विदेशभ्रमणबाट के सिकेर के लागू भन्नेकुराको अध्ययन गर्नुपर्छ ।’

सांसद नेम्वाङले जनताको करबाट विदेश भ्रमण गर्ने र त्यसको उपलब्धि नहुने आरोप सांसदहरुमाथि लाग्ने गरेको भन्दै त्यसलाई चिर्न विदेशमा सिकेका कुराहरु स्वदेशमा लागू गर्न जरुरी रहेको बताए ।


प्रकाशित मिति: १ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?