Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

अहिलेको संसदीय अभ्यास नैराश्यता र नकारात्मकतामा सिमित भयोः सांसद नेम्वाङ


काठमाडौँ। एमाले सांसद सुहाङ नेम्वाङले अहिलेको संसदीय अभ्यास नैराश्यता र नकारात्मकतामा सिमित हुन थालेको बताएका छन् ।

बिहीवार सिंहदरबारमा नेपाल—बेलायत संसदीयमैत्री समूहको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले संसदमा नैराश्यता र नकारातमकता फैल्याउने काम भइरहेको र यसले संसदीय मर्यादामाथि प्रश्न उठाउने जिकिर गरे । उनले संसदबाट भइरहेका नकारात्मक र नैराश्यताका कुराहरु जनताले मूल्यांकन गरिरहेको पनि बताए । कानूनलाई जीवन्त बनाउने काम सांसदहरुको भएको र सांसदहरुले कानूनलाई जीवन्त बनाउँदै जनतामा आशा जगाउनुपर्ने बताए । बेलायती संसदका अभ्यास र अनुभव सिकिरहँदा नेपाली भूगोल र जनतासँग कतिपय कुराहरु मेल नखाने भएकाले आफ्नो भूगोल र जनताको अपेक्षाअनुसार कामहरु गर्दै जानुपर्ने बताएका छन् ।

उनले भने, ‘यत्तिकै त नैराश्यता र नकारात्मकताको हाम्रो अहिले संसदीय अभ्यास भइरहेको छ । महत्वपूर्ण कुराहरु जनताले क्लियरल्ली सुन्न पाउँदा राम्रो हुन्छ । कानूनलाई जीवन्त बनाउने काम भनेको हामी सबैको हो । बेलायतमा भएको संसदीय अभ्यास कुन तरिकाले आफ्नो अभ्यासलाई निरन्तरता दिन्छन्, काम गर्छन् भन्ने हो । हामीले जनता र देशको भूगोललाई मध्यनजरमा राखेर काम गर्नुपर्छ । किनभने बेलायतको व्यवस्था यहाँ सिकिरहँदा हुबहु नेपालमा लागू गर्न सक्छौँ की सक्दैनौँ, हुबहु लागू नहुन सक्छ । तर उहाँहरुको ज्ञान र अनुभव लिइरहनुपर्छ । हामीले विदेश भ्रमण गरेको नतिजा फलदायी भएको छ की छैन भन्नेकुराको पनि अध्ययन गर्नुपर्छ । जनताको करबाट विदेश भ्रमण गर्ने तर हेरेर आइसकेपछि केही पनि नगर्ने भन्ने आरोप छ । त्यो भाष्यलाई चिरेर विदेशभ्रमणबाट के सिकेर के लागू भन्नेकुराको अध्ययन गर्नुपर्छ ।’

सांसद नेम्वाङले जनताको करबाट विदेश भ्रमण गर्ने र त्यसको उपलब्धि नहुने आरोप सांसदहरुमाथि लाग्ने गरेको भन्दै त्यसलाई चिर्न विदेशमा सिकेका कुराहरु स्वदेशमा लागू गर्न जरुरी रहेको बताए ।


प्रकाशित मिति: १ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?