Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

एमाले सांसदले राज्य व्यवस्था समिति सभापतिलाई भनेः अब सभापतिको कुर्सीमा बस्न सुहाउँदैन


काठमाडौँ। नेकपा एमाले सांसद राजेन्द्रकुमार राईले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको राजीनामा माग गरेका छन् ।

समितिको बुधवारको बैठकमा बोल्दै उनले समिति सभापति र समिति सचिव सुरजकुमार दुराको राजीनामा माग गरेका हुन् । उनले कुलिङ पिरियडबारे भएको चलखेलमा अबका दिनदेखि समिति सभापति र समिति सचिवको नेतृत्वमा समितिको बैठक बस्न नसक्ने बताए । उनले समितिले निर्णय गरेर पठाएको कुरालाई जालझेल गर्ने अधिकार समिति सभापति र सचिवलाई नरहेको बताए । जनताबाट चुनिएका प्रतिनिधिहरुको अपमान गर्ने अधिकार कसैलाई नरहेको बताएका छन् ।

उनले भने, ‘यो बैठकमा हाम्रो सभापतिज्युले त्यो चियरमा बस्न सुहाउँछ की सुहाउँदैन ? किनभने यो समिति सार्वभौम थियो । यो समितिले यत्रो निर्णय गरेको कुरालाई जालझेल गरेर, सदस्यहरुलाई अपमान गरियो । लोक के भन्छ आज ? गम्भीर प्रश्न उठेको छ । यो प्रश्न उठेको बेलामा हामीले गरेको निर्णय तलमाथि गर्ने अधिकार कसले दियो तपाईंलाई ? म सभापतिज्युलाई भन्न चाहन्छु, तपाईंले छोडिदिनुपर्छ । तपाईंले सक्नुभएन । यत्रो सदस्यले गरेको निर्णय तपाईंले तलमाथि गर्ने, जालझेल गर्ने, जनताबाट चुनिएको यत्रो प्रतिनिधिहरुको अपमान गर्ने अधिकार तपाईंलाई हुँदैन ।’

सांसद राई सहज किसिमले समितिको बैठक अघि बढाउने वातावरण सभापतिले बनाइदिनुपर्ने बताए ।


प्रकाशित मिति: १८ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?