Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

एमाले सांसदले राज्य व्यवस्था समिति सभापतिलाई भनेः अब सभापतिको कुर्सीमा बस्न सुहाउँदैन


काठमाडौँ। नेकपा एमाले सांसद राजेन्द्रकुमार राईले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको राजीनामा माग गरेका छन् ।

समितिको बुधवारको बैठकमा बोल्दै उनले समिति सभापति र समिति सचिव सुरजकुमार दुराको राजीनामा माग गरेका हुन् । उनले कुलिङ पिरियडबारे भएको चलखेलमा अबका दिनदेखि समिति सभापति र समिति सचिवको नेतृत्वमा समितिको बैठक बस्न नसक्ने बताए । उनले समितिले निर्णय गरेर पठाएको कुरालाई जालझेल गर्ने अधिकार समिति सभापति र सचिवलाई नरहेको बताए । जनताबाट चुनिएका प्रतिनिधिहरुको अपमान गर्ने अधिकार कसैलाई नरहेको बताएका छन् ।

उनले भने, ‘यो बैठकमा हाम्रो सभापतिज्युले त्यो चियरमा बस्न सुहाउँछ की सुहाउँदैन ? किनभने यो समिति सार्वभौम थियो । यो समितिले यत्रो निर्णय गरेको कुरालाई जालझेल गरेर, सदस्यहरुलाई अपमान गरियो । लोक के भन्छ आज ? गम्भीर प्रश्न उठेको छ । यो प्रश्न उठेको बेलामा हामीले गरेको निर्णय तलमाथि गर्ने अधिकार कसले दियो तपाईंलाई ? म सभापतिज्युलाई भन्न चाहन्छु, तपाईंले छोडिदिनुपर्छ । तपाईंले सक्नुभएन । यत्रो सदस्यले गरेको निर्णय तपाईंले तलमाथि गर्ने, जालझेल गर्ने, जनताबाट चुनिएको यत्रो प्रतिनिधिहरुको अपमान गर्ने अधिकार तपाईंलाई हुँदैन ।’

सांसद राई सहज किसिमले समितिको बैठक अघि बढाउने वातावरण सभापतिले बनाइदिनुपर्ने बताए ।


प्रकाशित मिति: १८ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?