Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

कुलिङ पिरियडमा षड्यन्त्र भयो, अन्तिममा पढ्नै दिइएनः प्रमुख सचेतक पाण्डे


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले कुलिङ पिरियडबारे षड्यन्त्र भएको बताएका छन् ।

बुधवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कुलिङको विषयवस्तु आजको नभएको भन्दै यो छेडखानी मात्र नभइ षड्यन्त्र भएको बताए । उनले देशलाई सपार्ने हो भने आफ्नो नभइ नेपाल आमाको अनुहार हेर्नुपर्ने बताए । नजानेर त्रुटी भएर भन्नेकुरा नरहेको भन्दै यसमा सहभागीहरुमाथि कारबाही हुनुपर्ने बताए ।

उनले भने, ‘कुलिङको विषयवस्तु आजको होइन । छेडखानी मात्रै होइन, षड्यन्त्र भएको छ । मुख्यसचिवदेखि सहसचिवसम्मको विषयवस्तु सुन्न चाहन्छौँ । मैले हरेक दिनको बैठकमा यहाँहरुको अनुहार पनि हेरेको छु, मैले भनेको पनि छु । देशलाई सपार्ने हो भने नेपाल आमाको अनुहार हेरौँ । आफूतिर होइन । यो षड्यन्त्र भएको छ । नजानेर त्रुटी भएर भन्नेकुरा आएको छ, होइन । यसमा कोको सहभागी भएका छन्, यसको छानविन हुनुपर्छ ।’

प्रमुख सचेतक पाण्डेले अन्तिममा विधेयक पढ्न समिति सदस्यहरुलाई नदिइएको भन्दै आपत्ति जनाए ।


प्रकाशित मिति: १८ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?