Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य हो भन्न पनि लाज लाग्न थाल्योः सांसद घिमिरे


काठमाडौँ। नेकपा एमाले सांसद वासुदेव घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य हो भन्न पनि लाज लागेको बताएका छन् ।

बुधवारको समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । कुलिङ पिरियडमा भएको चलखेलका कारण सांसदहरुलाई आम नागरिकले गिज्याइरहेको बताए । उनले कुलिङ पिरियडमा दुई वर्ष हुनु हुँदैन भनेर भैलो खेल्न गएकाहरु पनि यसको छानविनको दायरामा आउने बताए । उनले यो घटना सामान्य नभएको बताउँदै सिंगो सदनको अवहेलना भएको बताएका हुन् । सांसद घिमिरेले अधिकार सम्पन्न छानविन समिति निर्माण गरेर दोषीउपर कारबाही गर्नुपर्ने माग गरे ।

उनले भने, ‘राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य हौँ भन्न पनि लाज लाग्न थाल्यो । नागरिकबाट यति धेरै गालीको वर्षा भएको छ, यो सामान्य खालको घटना होइन । समितिको मात्र होइन, सिंगो संसदको अवहेलनाको काम गर्नुभएको छ ।’

सांसद घिमिरेले आम नागरिकले सांसदहरुले छलकपट गरेर ऐन पारित गरेको भन्दै आफूहरुको बेइज्जत गरिएको बताएका छन् ।


प्रकाशित मिति: १८ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?