Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

राज्य व्यवस्था समितिबाटै कुलिङ पिरियडमा षड्यन्त्र भयोः सांसद थानी


काठमाडौँ। नेपाली काँग्रेसका सांसद हृदयराम थानीले राज्य व्यवस्था समितिबाटै कुलिङ पिरियडमा षड्यन्त्र गरेको बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बुधवार बोल्दै उनले यस्तो बताएका हुन् । यसमा एक दुई जनाको मात्रै हात नभइ ठूलो समूहको चलखेल रहेको बताए । उनले कुलिङ पिरियडमा कानून बनाउने क्रममा ठूलो जालझेल र षड्यन्त्र गरिएको बताए । कर्मचारीले देउसी भैलो गरेको आफूले देखेको भन्दै यसबारेमा टाठोबाठो मध्येकै सभापति राज्य व्यवस्था समितिमा रहनुभएको भन्दै समिति सभापति रामहरि खतिवडालाई जानकारी भएन भनेर नपन्छिन आग्रह गरे ।

सांसद थानीले भने, ‘अहिले आएर त्यही कुलिङ पिरियडका बारेमा यहाँ अत्यन्तै कानून बनाउने क्रममा जालझेल र षड्यन्त्र गरिएको छ । राज्य व्यवस्था समितिबाटै षड्यन्त्र गर्ने काम भएको छ भन्दा आफू पनि राज्य व्यवस्था समितिमा बारम्बार बसिरहेकाले दुःख लागेको छ । कुलिङ पिरियड हामीले राखेको जस्ताको त्यस्तै छ । तपाईं समितिको पुरानो मान्छे हो, त्यसमा ध्यान दिन किन सक्नुभएन । तपाईं टाठो, बाठो मध्येकै सभापति हो । कर्मचारीले देउसी भैलो गरेको पनि देखेको छु ।’

सांसद थानीले यसले संसदको मर्यादा गुमेको बताए ।


प्रकाशित मिति: १८ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?