Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

राज्य व्यवस्था समितिबाटै कुलिङ पिरियडमा षड्यन्त्र भयोः सांसद थानी


काठमाडौँ। नेपाली काँग्रेसका सांसद हृदयराम थानीले राज्य व्यवस्था समितिबाटै कुलिङ पिरियडमा षड्यन्त्र गरेको बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बुधवार बोल्दै उनले यस्तो बताएका हुन् । यसमा एक दुई जनाको मात्रै हात नभइ ठूलो समूहको चलखेल रहेको बताए । उनले कुलिङ पिरियडमा कानून बनाउने क्रममा ठूलो जालझेल र षड्यन्त्र गरिएको बताए । कर्मचारीले देउसी भैलो गरेको आफूले देखेको भन्दै यसबारेमा टाठोबाठो मध्येकै सभापति राज्य व्यवस्था समितिमा रहनुभएको भन्दै समिति सभापति रामहरि खतिवडालाई जानकारी भएन भनेर नपन्छिन आग्रह गरे ।

सांसद थानीले भने, ‘अहिले आएर त्यही कुलिङ पिरियडका बारेमा यहाँ अत्यन्तै कानून बनाउने क्रममा जालझेल र षड्यन्त्र गरिएको छ । राज्य व्यवस्था समितिबाटै षड्यन्त्र गर्ने काम भएको छ भन्दा आफू पनि राज्य व्यवस्था समितिमा बारम्बार बसिरहेकाले दुःख लागेको छ । कुलिङ पिरियड हामीले राखेको जस्ताको त्यस्तै छ । तपाईं समितिको पुरानो मान्छे हो, त्यसमा ध्यान दिन किन सक्नुभएन । तपाईं टाठो, बाठो मध्येकै सभापति हो । कर्मचारीले देउसी भैलो गरेको पनि देखेको छु ।’

सांसद थानीले यसले संसदको मर्यादा गुमेको बताए ।


प्रकाशित मिति: १८ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?