Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

नेपाल एयरलाइन्सको क्षमता विस्तार गर्न जरुरीः मन्त्री पाण्डे


काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल वायुसेवा निगमको क्षमता विस्तार गर्न जरुरी रहेको बताएका छन् ।

बुधवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले हवाई टिकटको मूल्य घटाउन नेपाल एयरलाइन्सको यात्रु बोक्ने क्षमता विस्तरा गर्न जरुरी रहेको बताए । उनले नेपाल एयरलाइन्सको यात्रु बोक्ने क्षमता नै अत्यन्त न्युनतम रहेका कारण यो समस्या आइरहेको जिकिर गरे । नेपाल एयरलाइन्सले विदेशी यात्रु बोक्ने क्षमता १० प्रतिशत मात्रै रहेको भन्दै यसलाई विस्तार गर्न नेपाल एयरलाइन्सलाई सशक्त बनाउन जरुरी रहेको बताए ।

उनले भने, ‘हवाई टिकटको मूल्य घटाउन धेरै लाग्यौँ । सक्दै नसकेको कारण के हो भने हाम्रो नेपाल एयरलाइन्सको यात्रु बोक्ने क्षमता नै अत्यन्त न्युनतम भयो । बाहिरबाट विदेशी यात्रुहरु जम्मा १० प्रतिशत मात्रै बोक्ने । यो कसरी बढाउन सकिएला भनेर लिजमा लिनेकुरा पनि एउटा उपाय हो । लिजमा लिने होमवर्क पनि भइरहेको । यसकै व्यवस्थापन सुधारको कुरामा पनि लागेका छौँ । अलि ठूलो आकारको एयरलाइन्सहरुसँग सहकार्य गरेर काम गर्नसके र नेपाल एयरलाइन्सले सेवाको क्षमत विस्तार गरेमात्रै टिकटको व्यालेन्स हुन्छ । १० प्रतिशत मात्रै यात्रु बोक्ने हामीले ९० प्रतिशत विदेशीले बोक्ने कुराको व्यालेन्स नै गर्न सक्दा रहेनछौँ ।’

बद्रिप्रसाद पाण्डे, मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्री पाण्डेले राम्रो ऐन र नियम बनाउन जरुरी रहेको बताए ।


प्रकाशित मिति: १८ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?