Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

रणनीतिक सडक र राष्ट्रिय आयोजना निर्माण सरकारको प्राथमिकतामाः मन्त्री दाहाल


काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय गौरवका आयोजना र रणनीतिक सडकहरूलाई प्राथमिकता दिइएको बताएका छन् ।

बुधवार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री दाहालले यस्तो बताएका हुन् । उनले द्रुतमार्ग (फास्ट ट्र्याक)निर्माण सम्पन्न गर्न २४ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताए । जुन गत वर्षको तुलनामा २ अर्ब रुपैयाँले बढी हो । मन्त्री दाहालले गत वर्षको अविरल वर्षा र त्यसपछिको बाढी पहिरोका कारण पूर्वाधार क्षेत्रमा ठूलो क्षति भएको उल्लेख गर्दै त्यसको पुर्ननिर्माणको लागि १९ अर्ब स्रोत सहमति पाएको समेत बताए ।

उनले भने, ‘हाम्रो बजेटको विनियोजन राष्ट्रिय राजमार्गहरु , राष्ट्रिय गौरवका आयोजनाहरु , राष्ट्रिय महत्वका आयोजनाहरु, रणनीतिक महत्वका आयोजनाहरु र अहिले निर्वाचन रणनीतिक सडकहरुलाई पनि प्राथमिकताका साथ समानुपातिक ढंगले सबै निर्वाचन क्षेत्रमा विनियोजन गरेको हुँदा यसलाई पनि राखेको छु । हामीले फास्ट ट्र्याकमा २४ अर्ब ४९ करोड ४७ लाख रकम विनियोजन गरिएको छ । बजेट अर्थमन्त्रालयमार्फत विनियोजन भएको भएपनि सिलिङ चाँही हाम्रो मन्त्रालयमार्फत हुन्छ । यो वर्ष फास्ट ट्र्याकमा गतवर्षभन्दा २ अर्ब बढी बजेट विनियोजन गरीएको छ । गत वर्षको अविरल वर्षापछि आएको बाढी पहिरोको कारण ठुलो क्षती भयो । त्यसले पुर्वाधारहरुमा समेत क्षति पुर्याएको हुँदा १९ अर्ब स्रोत सहमति दिएको थियो ।’

बजेट विनियोजनको परम्परागत शैलीमा परिवर्तन गर्न नसकिएकोमा आफूलाई दुःख लागेको समेत मन्त्री दाहालको भनाइ छ ।


प्रकाशित मिति: १८ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?