Trending
>>   आचारसंहिता उल्लङ्घन गर्ने मिडियामाथि निगरानीः कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार >>   पत्रकारको सहज आवागमनका लागि प्रदेशस्तरीय प्रेस पासलाई पनि मान्यता दिने आयोगको तयारी >>   मतदानकै दिन साँझदेखि मतगणना शुरु हुनेः नतिजा छिटो सार्वजनिक गर्ने आयोगको लक्ष्य >>   उज्यालो नेपाल पार्टीले शनिवार खुला मञ्चमा उज्यालो प्रतिवद्धता सभा गर्ने >>   सामाजिक सञ्जालमा भिड्ने काम नगरौँ, मुलुकमा घृणा फैल्याउँछः गगनकुमार थापा >>   पुराना राजनीतिक दलहरुले दलीय संरचनालाई भ्रातृ संगठनका नाममा राज्य दोहनको ‘मेसिन’ बनाए: डा. स्वर्णिम वाग्ले >>   आसन्न निर्वाचनमा एमाले मुलुकको निर्णायक शक्तिको रुपमा उदाउनुपर्छः ईश्वर पोखरेल >>   मतदानका दिन सवारी साधन नियमनः कसलाई पास चाहिन्छ, कसलाई चाहिँदैन ? >>   पाँच वर्षको लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत दिनुस : रवि लामिछाने >>   निर्वाचनको सरगर्मीः सुनसान सिंहदरबार
Logo
१६ फाल्गुन २०८२, शनिबार
१६ फाल्गुन २०८२, शनिबार

खेलाडीहरुको जस्तो पवित्र भावना शासकहरुमा भइदिए मानिसहरु ढुक्कसँग निदाउन सक्थेः प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य जीवनका लागि अपरिहार्य रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य सबैभन्दा ठूलो धन भएको बताउदै शारीरिक र मानसिक, पारिवारिक, समुदायको स्वास्थ्य, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्वास्थ्य समेतलाई व्यक्तिगत शारीरिक र मानसिक स्वास्थ्यले समेटिरहेको बताएका छन् । उनले युद्धरत देशका शासकहरुको मष्तिष्कमा शान्ति, मानवताको भाव आउनुपर्ने बताउनु भयो । उहाँले अरुको देशमा हमला गरेर, मान्छे मारेर जित्ने नभइ खेल खेलेर जित्नु उचित हुने बताए। खेलाडीहरुको जस्तो पवित्र भावना विश्वका शासकहरुमा भइदिने हो भने दुुनियाँ धेरै शान्तिपूर्ण हुने र ढुक्कसँग मानिसहरु निदाउन सक्ने जिकिर गरेका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘स्वास्थ्य जीवनका लागि अपरिहार्य छ । राम्रो स्वास्थ्य हुनुपर्दछ । आज योग दिवस पनि हो । स्वास्थ्य सबैभन्दा ठूलो धन हो । जीवनका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो । स्वास्थ्यपछि मात्रै अरु चिज आउँछ । शारीरिक र मानसिक स्वास्थ्य, पारिवारिक स्वास्थ्य, समुदायको स्वास्थ्य, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्वास्थ्य समेतलाई व्यक्तिगत शारीरिक र मानसिक स्वास्थ्यले कतिपय कुरामा गाइड गरिरहेको हुन्छ । आज दुनियाँमा कता विभिन्न ठाउँमा युद्ध भइरहेको छ । ति युद्धकारीहरुको मष्तिष्कमा शान्ति, मानवताको भाव आउनुपर्छ । अर्को देशमा हमला गरेर, मान्छे मारेर, फलानोलाई मार्छु भनेर जित्नु भन्दा खेल खेलेर जित्नु राम्रो हुन्थ्यो । खेलाडीहरुको जस्तो पवित्र भावना विश्वका शासकहरुमा भइदिने हो भने दुुनियाँ धेरै शान्तिपूर्ण हुन्थ्यो । रमणीय हुन्थ्यो, ढुक्कले सुत्नसक्ने हुन्थ्यो । निर्दोष बालबालिका मारिनुपर्ने थिएन । हस्पिटलमा भएका विरामी, गर्भभित्रै भएका विरामी मारिनुपर्ने थिएन । ’

प्रधानमन्त्री ओलीले शान्ति र मित्रताको पक्षमा खेलको धेरै महत्व रहेको बताउनु भयो । सरकारको स्वास्थ्य नीतिको मूल नीति नै निरोगी नेपाल रहेको बताएका छन् ।


प्रकाशित मिति: ७ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?