Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२६ पुष २०८२, शनिबार
२६ पुष २०८२, शनिबार

खेलाडीहरुको जस्तो पवित्र भावना शासकहरुमा भइदिए मानिसहरु ढुक्कसँग निदाउन सक्थेः प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य जीवनका लागि अपरिहार्य रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य सबैभन्दा ठूलो धन भएको बताउदै शारीरिक र मानसिक, पारिवारिक, समुदायको स्वास्थ्य, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्वास्थ्य समेतलाई व्यक्तिगत शारीरिक र मानसिक स्वास्थ्यले समेटिरहेको बताएका छन् । उनले युद्धरत देशका शासकहरुको मष्तिष्कमा शान्ति, मानवताको भाव आउनुपर्ने बताउनु भयो । उहाँले अरुको देशमा हमला गरेर, मान्छे मारेर जित्ने नभइ खेल खेलेर जित्नु उचित हुने बताए। खेलाडीहरुको जस्तो पवित्र भावना विश्वका शासकहरुमा भइदिने हो भने दुुनियाँ धेरै शान्तिपूर्ण हुने र ढुक्कसँग मानिसहरु निदाउन सक्ने जिकिर गरेका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘स्वास्थ्य जीवनका लागि अपरिहार्य छ । राम्रो स्वास्थ्य हुनुपर्दछ । आज योग दिवस पनि हो । स्वास्थ्य सबैभन्दा ठूलो धन हो । जीवनका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो । स्वास्थ्यपछि मात्रै अरु चिज आउँछ । शारीरिक र मानसिक स्वास्थ्य, पारिवारिक स्वास्थ्य, समुदायको स्वास्थ्य, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्वास्थ्य समेतलाई व्यक्तिगत शारीरिक र मानसिक स्वास्थ्यले कतिपय कुरामा गाइड गरिरहेको हुन्छ । आज दुनियाँमा कता विभिन्न ठाउँमा युद्ध भइरहेको छ । ति युद्धकारीहरुको मष्तिष्कमा शान्ति, मानवताको भाव आउनुपर्छ । अर्को देशमा हमला गरेर, मान्छे मारेर, फलानोलाई मार्छु भनेर जित्नु भन्दा खेल खेलेर जित्नु राम्रो हुन्थ्यो । खेलाडीहरुको जस्तो पवित्र भावना विश्वका शासकहरुमा भइदिने हो भने दुुनियाँ धेरै शान्तिपूर्ण हुन्थ्यो । रमणीय हुन्थ्यो, ढुक्कले सुत्नसक्ने हुन्थ्यो । निर्दोष बालबालिका मारिनुपर्ने थिएन । हस्पिटलमा भएका विरामी, गर्भभित्रै भएका विरामी मारिनुपर्ने थिएन । ’

प्रधानमन्त्री ओलीले शान्ति र मित्रताको पक्षमा खेलको धेरै महत्व रहेको बताउनु भयो । सरकारको स्वास्थ्य नीतिको मूल नीति नै निरोगी नेपाल रहेको बताएका छन् ।


प्रकाशित मिति: ७ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?