Trending
>>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड >>   मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक >>   १ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी >>   चैती छठ अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिँदै >>   कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित >>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

वस्तुको कृत्रिम अभाव र कालोबजारी अन्त्य गर्न सरकार लागिपरेको छः गृहमन्त्री लेखक


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले बजारमा वस्तुको कृत्रिम अभाव र कालोबजारी अन्त्य गर्नको निम्ति सरकार लागिपरेको बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित ‘आर्थिक वर्ष २०८२/८३को बजेटले उपभोक्ता बजार आपूर्ति श्रृंखलामा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री लेखकले यस्तो बताएका हुन् । उनले वर्तमान अर्थ व्यवस्थामा सरकारले सबै कुरा गरेर सम्भव नहुने उल्लेख गर्दै निजी क्षेत्रको लागि वातावरण निर्माण गर्न र सहजिकरण गर्नको लागि सरकारले काम गर्नुपर्ने उल्लेख गरे । उनले दशैं तिहारको बेलामा बजारमा कालो बजारी हुने तथा वस्तुको कृत्रिम अभाव सिर्जना काम हुने गरेको उल्लेख गर्दै यस्तो हुन नदिनको लागि सरकार प्रतिवद्ध रहेको बताए ।

उनले भने , ‘हामी जुन सामाजिक अर्थ व्यवस्थामा छौँ । त्यसले सरकारले सबै कुरा गरेर सम्भव छैन । र कमसेकम यस्ता विषयहरु त निजी क्षेत्रले गर्छ । निजी क्षेत्रले काम गरिरहँदा सरकारले त्यसमा सहजिकरण गर्ने, निजी क्षेत्रलाई काम गर्ने उचित वातावरण पनि निर्माण गर्ने र त्यसमाथि उचित ढंगको नियमन पनि गर्ने काम सरकारको हो । बेला बेलामा बजारमा क्रृतिम अभावको कुरा पनि आउँछ । दशैं तिहारको बेला भयो कि बजारमा कृत्रिम अभाव शुरु हुन्छ । त्यहाँनिर सरकारले काम गर्नुपर्यो । क्रृतिम अभाव हुन दिनुभएन । कालाबजारीको समस्या हुनसक्छ, त्यसका लागि मनिटरिङको काम त गर्नुप¥यो नि । यो कुरामा सरकार लागि पर्नेछ ।’

उपक्ताको सहज बजारको अधिकारलाई सुनिश्चित गर्नको लागि प्रमुख जिल्ला अधिकराीमार्फत निर्देशन दिइसकेको समेत गृहमन्त्री लेखकले बताए ।


प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?