Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

वस्तुको कृत्रिम अभाव र कालोबजारी अन्त्य गर्न सरकार लागिपरेको छः गृहमन्त्री लेखक


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले बजारमा वस्तुको कृत्रिम अभाव र कालोबजारी अन्त्य गर्नको निम्ति सरकार लागिपरेको बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित ‘आर्थिक वर्ष २०८२/८३को बजेटले उपभोक्ता बजार आपूर्ति श्रृंखलामा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री लेखकले यस्तो बताएका हुन् । उनले वर्तमान अर्थ व्यवस्थामा सरकारले सबै कुरा गरेर सम्भव नहुने उल्लेख गर्दै निजी क्षेत्रको लागि वातावरण निर्माण गर्न र सहजिकरण गर्नको लागि सरकारले काम गर्नुपर्ने उल्लेख गरे । उनले दशैं तिहारको बेलामा बजारमा कालो बजारी हुने तथा वस्तुको कृत्रिम अभाव सिर्जना काम हुने गरेको उल्लेख गर्दै यस्तो हुन नदिनको लागि सरकार प्रतिवद्ध रहेको बताए ।

उनले भने , ‘हामी जुन सामाजिक अर्थ व्यवस्थामा छौँ । त्यसले सरकारले सबै कुरा गरेर सम्भव छैन । र कमसेकम यस्ता विषयहरु त निजी क्षेत्रले गर्छ । निजी क्षेत्रले काम गरिरहँदा सरकारले त्यसमा सहजिकरण गर्ने, निजी क्षेत्रलाई काम गर्ने उचित वातावरण पनि निर्माण गर्ने र त्यसमाथि उचित ढंगको नियमन पनि गर्ने काम सरकारको हो । बेला बेलामा बजारमा क्रृतिम अभावको कुरा पनि आउँछ । दशैं तिहारको बेला भयो कि बजारमा कृत्रिम अभाव शुरु हुन्छ । त्यहाँनिर सरकारले काम गर्नुपर्यो । क्रृतिम अभाव हुन दिनुभएन । कालाबजारीको समस्या हुनसक्छ, त्यसका लागि मनिटरिङको काम त गर्नुप¥यो नि । यो कुरामा सरकार लागि पर्नेछ ।’

उपक्ताको सहज बजारको अधिकारलाई सुनिश्चित गर्नको लागि प्रमुख जिल्ला अधिकराीमार्फत निर्देशन दिइसकेको समेत गृहमन्त्री लेखकले बताए ।


प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?