Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

उद्योगहरुमा पर्याप्त विद्युत वितरण, आजबाट डेढ सय मेगावाट विद्युत निर्यातः मन्त्री खड्का


काठमाडौँ। उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उद्योगधन्दाहरुमा पर्याप्त विद्युत दिएको दाबी गरेका छन् ।

बुधवारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले यो हिउँदमा पर्याप्त विद्युत दिन नसकेको र मंगलवार रातिबाट उद्योगधन्दालाई पुग्नेगरी विद्युत दिइएको बताएका छन् । उनले त्यसबाट बाँकी रहेको करिव डेढ सय मेगावाट विद्युत निर्यात शुरु गरिएको जानकारी दिंदै सांसदहरुलाई यथार्थमा रहेको सूचना प्रचार प्रसार गर्न पनि आग्रह गरेका छन् । सत्य सूचनाले मात्रै जनता लाभान्वित हुने उनको भनाइ छ । उनले सामाजिक सञ्जालको दुरुपयोग गर्न नहुनेतर्फ पनि सचेत गराएका छन् ।

उनले भने, ‘हामीले उद्योगधन्दामा यो हिउँदमा पर्याप्त विद्युत दिन सकिरहेको थिएन । आज रातिबाट उहाँहरुलाई पुग्नेगरी दिएर त्यसबाट पनि उब्रिएको भन्डै डेढ सय मेगावाट अहिले पनि निर्यात भइरहेको छ । यो अवस्था छ । यथार्थपरक रहेर संप्रेषण गर्न सकियो भने जनता लाभान्वित हुन्छन् । सोसल मिडियाको दुरुपयोग पनि भइरहेको छ ।’

मन्त्री खड्काले विद्युतको बजार सुनिश्चित भएको जिकिर गर्दै आन्तरिक खपत पनि अबका १० वर्षमा साढे १३ हजार मेगावाट हुने अनुमान रहेको बताएका छन् ।


प्रकाशित मिति: ७ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?