Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२७ मंसिर २०८२, शनिबार
२७ मंसिर २०८२, शनिबार

किसानलाई गणतन्त्र होइन मल चाहिएको छः सांसद प्रधान


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले देशमा सुशासन आवश्यक रहेको बताएका छन्

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले किसानलाई अहिले गणतन्त्र नभइ मल चाहिएको, जनतालाई गणतन्त्र नभइ सुशासन र सहकारी पीडितलाई गणतन्त्र नभइ पैसा फिर्ता चाहिएको बताउदै जनभावना र मानिसका आस्थालाई प्रहार नगर्न चेतावनी दिएका छन् । उनले परिवर्तनका नाममा जहाज हाइज्याक गर्ने, अपराधिक घटनाहरु धेरै भएको भन्दै अब देश लुट्ने काम भइरहेको बताएका छन् ।

उनले भने, ‘किसानलाई अहिले मल चाहिएको हो की गणतन्त्र भन्दा के जवाफ आउँछ ? अहिले सुशासन चाहियो की गणतन्त्र चाहियो भन्दा के जवाफ आउँछ ? सहकारी पीडितलाई पैसा फिर्ता चाहियो की गणतन्त्र भन्दा के जवाफ आउँछ ? त्यसकारण जनभावनालाई, मानिसका आस्थालाई एउटा आस्थाले प्रतिनिधित्व गर्ने कुरालाई यस किसिमले प्रायोजित ढंगले कुरा गरिएका छन्, ति असल कुरा होइनन् । परिवर्तनका नाममा थुप्रै घटना भएका छन् । अपराधिक वा ज्यान लिएका समेत घटना भएका छन्, प्लेन हाइज्याक भएको छ, बम हानिएको छ, हतौडाले गर्धन रेटिएको छ । बम प्रहार भएको छ । हतौडाले टाउकोमा हानिएको छ । व्यक्तिको सम्पती लुटिएको छ, बैंक लुटिएका छन्, यत्ति गर्दा पनि नभएर देश लुटाउने सन्दर्भको कुरा हुँदा जनताको विचार र युवाको विचारमा परिवर्तन आउँछ ।’

सांसद प्रधानले आस्थालाई दबाउन शक्ति प्रयोग भए जनताले सुविधा नपाउने जिकिर गर्दै शान्तिपूर्ण तवरले निकास निकाल्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?