Trending
>>   खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेको छः पूर्वराष्ट्रपति भण्डारी >>   संविधान संशोधन प्रक्रियामा सरकारले ‘सिन्को’ समेत भाँचेन, हामीले गाली खाइराख्नुपरेको छः महामन्त्री थापा >>   कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट विधेयक बहुमतले पारित, के छ नयाँ व्यवस्था ? >>   प्रहरीमा महिलाको संख्या २० प्रतिशत पुर्‍याउन गृहमन्त्रीको निर्देशन >>   भारत–चीनबीच भएको लिपुलेक सहमतिले तात्यो संसदः एक ठाउँमा उभिए सत्तापक्ष–प्रतिपक्ष >>   न्यायाधीश मल्लको आग्रहः महिला प्रहरीबाट सुरक्षा लिनुस् >>   शिक्षा समितिमा आउँदा मलाई विधेयक रोक्न आयो भनेर आरोप लगाइयोः श्याम घिमिरे >>   चलचित्र ‘जनै हराएको मान्छे’को प्रिमियर सम्पन्नः भावुक बने कलाकार >>   सरकारले संविधानको अपमान गरिरहेको छ : रास्वपा >>   घट्यो वैदेशिक सहायता : अघिल्लो आवको तुलनामा ०.४९ प्रतिशत कमि
Logo
४ भाद्र २०८२, बिहीबार
४ भाद्र २०८२, बिहीबार

गभर्नरको विषयलाई सरकारले राजनीतिकरण गर्यो : वर्षमान पुन


काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले गभर्नरको विषयलाई सरकारले राजनीतिकरण गरेको आरोप लगाएका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजनीतिक दल वा राजनीतिज्ञले देश सञ्चालन गरिरहेको छ वा अरु कसैले भन्नेकुरा गभर्नर नियुक्तिसम्म आइपुग्दा प्रष्ट भएको बताएका छन् । उनले नेपाल राष्ट्र बैंकको गभर्नर डेपुटि गभर्नरहरुबाट नै बनाउने प्रचलन भएपनि त्यसो नहुँदा मौद्रिक नीतिमा विज्ञ वा विज्ञता हासिल गरेका व्यक्तिलाई बनाउने विश्वव्यापी चलन भएपनि अहिले कुनै स्वार्थ समूहले रुचाएको र उनीहरुको व्यापारिक स्वार्थ पूरा गर्ने खालको खोजिएकोले स्वार्थ समूहसँग डिएनए नमिलेसम्म गभर्नर नियुक्ति नहुने दाबी गरेका छन् । उनले मौद्रिक नीतिमा, आर्थिक नीतिमा वा वित्तीय नीतिमा विज्ञता हासिल गरेका व्यक्ति गभर्नर बन्दा आफुहरुको आपत्ति नहुने स्पष्ट पारेका छन् ।

उनले भने, ‘गर्भनरको विषयलाई राजनीतिकरण गरिएको छ । राजनीतिक दलहरुले देश सञ्चालन गरिरहेको छ या अरु कसैले भन्नेकुरा अहिलेसम्म आउँदा झन प्रष्ट हुँदै गएको छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचित भइसकेपछि शुभकामना तथा बधाई दिने क्रममा हाम्रो दल नेकपा माओवादी केन्द्रको तर्फबाट शुभकामना दिँदै प्रधानमन्त्रीज्यु के देश जननिर्वाचित भएर पार्टीमार्फत र राजनीतिज्ञले देश चलाउनुपर्ने होइन ? र तपाईको अगाडि चुनौति सेवनको अध्यक्ष कसलाई नियुक्ति गर्नुहुन्छ ? त्यतिमात्र हैन राष्ट्र बैंकको गभर्नरसम्मको नियुक्तिमा परीक्षा हुनेछ । देश कसले चलाएको छ ? राजनीतिज्ञले या विचौलियाले ? आज सबै तथ्य र व्यवहारले त्यो कुरा पुष्टि हुन्छ । कि चाहिँ गभर्नर राष्ट्र बैंकको डेपुटी गभर्नरहरुबाट बनाउने चलन छ । कि त्यस्तै प्रकारको मौद्रिक नीतिमा विज्ञ र विज्ञता हासिल गरेका व्यक्तिलाई बनाउने चलन परम्परा हो । तर, यहाँ पार्टीको कार्यकर्ता अझ अरु कुनै स्वार्थ समूहले रुचाएको उनीहरुको व्यापारिक स्वार्थ पूरा गर्ने खालको खोजिएको छ । स्वार्थ समूहसँग डिएनए नमिलेसम्म यो नियुक्ति हुनेवाला छैन । गभर्नर विदा हुनुभन्दा एक महिना अघि गर्नुपर्ने हो तर दुई महिना वित्दासमेत नियुक्ति हुन नसक्नु दुःखद् कुरा हो । कानुन उल्लंघन भएको छ । सरकार एकातिर स्वार्थ समूहले आफ्नो अनुकुलको खोजिरहेको छ । पार्टी कार्यकर्ता एकतातिर अर्कोतिर स्वार्थ समूहको भन्दा देशको अर्थतन्त्र र वैंक तथा वित्तीय संस्था कसरी चल्छ ? सरकारले यसमा वुद्धि पु¥याउनु पर्छ । मौद्रिक नीतिमा, आर्थिक नीतिमा या वित्तिय नीतिमा विज्ञता हासिल गरेका व्यक्ति चाहे त्यो कार्यकर्ता होस् वा सामान्य मतदाता या समर्थक जो भएपनि त्यसमा हाम्रो आपत्ति हुँदैन । तर, स्वार्थ समूहको स्वार्थमा नहोस्, राजनीतिक कार्यकर्ता नहोस्, गैर विज्ञ मान्छे नआओस् भन्नेतर्फ सरकारलाई सचेत गराउन चाहन्छु । यो गठबन्धन बन्दै गर्दा खुलेका फाइलहरु रोक्नका लागि, चलिरहेको सुशासन अभियान कमजोर पार्नका लागि । भ्रष्टाचार अनियमितता जस्ता कुराहरुलाई बढावा दिनका लागि बनाईको सरकार भनेका थियौं । हिजोसम्मको तथ्यहरुले नै भनिसक्यो अदालतले पक्राउ पूर्जी जारी गरेको छ । त्यस्ता व्यक्तिहरु प्रधानमन्त्रीसँग एउटै मञ्चमा बस्छन् । यो आश्चर्यको विषय भन्दा पनि यो निरन्तरताको विषय हो ।’

उनले गभर्नर नियुक्ति स्वार्थ समूहको स्वार्थमा नहोस्, राजनीतिक कार्यकर्ता नहोस्, गैर विज्ञ मान्छे नआओस् भन्नेतर्फ सरकारलाई सचेत गराएका छन् ।


प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?