Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

बजेट निर्माणको प्रेसर अवधिमा छौं, आयोगका सुझावहरूलाई सकेसम्म सम्बोधन गर्छौंः अर्थमन्त्री पौडेल


काठमाडौँ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगले दिएका सुझावहरूलाई बजेटमा सम्बोधन गर्न कोशिस गरेको बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित आर्थिक रूपान्तरणको मार्गचित्रः उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगको प्रतिवेदन कार्यान्वयन सम्बन्धमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आयोगले सुझाव दिएका र बजेटमा सम्बोधन गर्न सकिने विषयहरू सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले आयोगले दिएका सुझावमा कानून संशोधनसहितका विभिन्न विषयहरू रहेको उल्लेख गर्दै बजेटबाट सम्बोधन गर्न सकिने विषयहरूमा आफ्नो बढी ध्यान केन्द्रित भएको जिकिर गरेका छन् । उनले बजेट प्रश्तुत गर्ने समय नजिक आइसकेको बताउँदै नेपाल उद्योग परिसंघसहितका सङ्घसंस्थाहरूले दिएका सुझावहरूलाई अध्ययन गरिरहेको बताए । उनले बजेट निर्माणको प्रेसर अवधिमा रहेको जिकिर गरेका छन् ।

उनले भने, “आयोगले सुझाव दिएका र बजेटमा सम्बोधन गर्न सकिने विषयहरू सम्बोधन गर्न सकियोस् भन्ने कोशिसमा म छु । यसका केही यस्ता विषयहरू छन्, जो कानून संशोधनसँग सम्बन्धित विषयवस्तुहरू छन् । एउटा कानुन, त्यो कानुनको संशोधन, त्यसले सिर्जना गर्ने अर्को दायित्व, त्यो दायित्वको व्यवस्थापन अनि अनेकन् प्रक्रिया पूरा गरेर कार्यान्वयन गर्न सकिने विषयहरू पनि छन् । त्यसले गर्दा बजेटबाट सम्बोधन गर्न सकिने विषयहरू के हुन सक्छन्, त्यो मेरा अल्लि बढी ध्यान केन्द्रित छ । जेठ १५ नजिक आइसक्यो, सीएनआइले पनि केही दिन अघि मन्त्रालयमा आफ्नो समस्त टिमसहित सुझावसहितको प्रश्तुतीकरण गरेको छ । त्यसलाई पनि मैले हेरिरहेको छु । अरू निजी क्षेत्रका संघसंगठन, अरू संस्थाहरूले पनि सुझाव दिइरहनुभएको छ । ती चिजहरू पनि मैले हेरिरहेको छु । बजेट निर्माणको प्रेसरको अवधिमा हामी छौँ । यहाँहरूले दिएको सुझावलाई बजेट निर्माणको प्रक्रियामा समावेश गरेर फिल्टर गर्न कति सम्भव छ, कति सम्भव छैन, कति जायज छ, कति जायज छैन भनेर फिल्टर गर्ने प्रक्रियामा म जरुरी सहभागी हुनेछ ।”

उनले आयोगको प्रतिवेदनले अर्थतन्त्रका समस्याहरूलाई प्रश्तुत गरेको र समाधानका उपायहरू समेत दिएको धारणा राखेका छन्।


प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?