Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

चलचित्र विकास बोर्डको जग्गा हिनामिनाबारे छानविन हुन्छः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र विकास बोर्डको जग्गा हिनामिनाबारे छानविन हुने बताएका छन् ।

मंगलवार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उनले यसअघि चलचित्र विकास कम्पनीको नाममा रहेको जग्गा हिनामिना भएको भन्ने गुनासो आएको भन्दै त्यसको छानविन हुने बताएका छन्। उनले उक्त जग्गाबारे छानविन गर्न सम्बन्धित मन्त्री र सचिवलाई निर्देशन दिंदै उनले कसैले हिनामिना गरेको छ भने त्यसलाई कानूनी प्रक्रिया पुर्याएर सरकारको नियन्त्रणमा ल्याउने प्रतिवद्धता जनाएका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘पहिला चलचित्र विकास कम्पनी भन्ने थियो । चलचित्र विकास कम्पनी त्यसको जमिन पनि हिनामिना छ भनेको सुन्दा म छक्क परेँ । तत्सम्बन्धी मन्त्रालयका मन्त्रीज्यु र सचिवज्यु यहीँ हुनुहुन्छ । हप्ता, १० दिनमा त त्यसको पत्ता लगाइ हाल्नुहोला । के भएको छ, हामी खोज्छौँ । यदी कसैले हिनामिना गरेको छ भने त्यसलाई कानूनी प्रक्रिया पु¥याएर कन्ट्रोलमा ल्याउँछौँ ।’

प्रधानमन्त्री ओलीले चलचित्र विकास बोर्डको मातहतमा कोष निर्माण गर्ने माग आएको भन्दै कोषप्रति सरकार सकारात्मक रहेको बताएका छन्।


प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?