Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

पर्यटन क्षेत्रमा आन्तरिक तथा वाह्य लगानी भित्र्याउन हरेक स्थानीय तहले पहल गर्नुपर्छ: अध्यक्ष ढकाल


काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनको विकास र प्रवद्र्धनको क्षेत्रमा निजी क्षेत्रले चमत्कार गर्नसक्ने दाबी गरेका छन् ।

सोमवार नवलपुरको गैँडाकोटमा निर्माण गरिएको इला होटल तथा आइएमई हस्पिटालिटीको उद्घाटन कार्यक्रममा बोल्दै उनले नेपालको निजी क्षेत्र पर्यटनमा चमत्कारिक रुपमा विकास गर्न सक्षम भएको जिकिर गरेका छन् । उनले नेपालमा भएका प्राकृतिक सम्पदामा इच्छाशक्ति र प्रविधि जोडेर पर्यटकीय पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। उनले नेपालमा पर्यटकीय पूर्वाधारको कमीका कारण विदेशी पर्यटकको खर्च तथा बसाइ अवधि छोटिएको बताउदै विदेशी पर्यटक नेपालमा औसत १२ दिन बस्ने र दैनिक ५० डलरभन्दा कम खर्च गर्ने गरेको उनको भनाइ छ ।

उनले पर्यटकले गर्ने खर्च र बसाइ अवधि लम्ब्याउन ठूला पूर्वाधार निर्माण गर्नुपर्ने बताउदै नेपाल सरकारले निजी क्षेत्रसँग सहजीकरण र साझेदारीको नीति लिन सके पर्यटकीय क्षेत्रबाट छिट्टै आर्थिक विकास गर्न सक्ने जानकारी दिएका छन् ।

अध्यक्ष ढकालले पर्यटकीय पूर्वाधारमा सरकारले उचित नीतिको वातावरण बनाए निजी क्षेत्रले पर्यटन क्षेत्रमा ठूलो लगानी गरी आर्थिक वृद्धिमा सरकारलाई सहयोग गर्ने बताउदै पर्यटन क्षेत्रमा आन्तरिक तथा वाह्य लगानी भित्र्याउन हरेक स्थानीय तहले पहल गर्नुपर्ने जिकिर गरेका छन् । सरकारले लगानी गर्न लगानीकर्तालाई आह्वान गर्ने गरेको तर उपयुक्त वातावरण निर्माण गर्न नसकेको जिकिर गर्दै उनले सरकारले निजी क्षेत्रलाई साझेदारीको रुपमा स्वीकार गरेर व्यावहारिक नीतिमार्फत सहजीकरण गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘उपयुक्त वातावरण पायो भने निजी क्षेत्रले ठुलो लगानी गर्नसक्छ र विकास रोजगारी र आर्थिक वृद्धिमा सरकारलाई सघाउने सक्छ । निजी क्षेत्रको आत्मविश्वासबाट लाभ लिएर आफ्नो क्षेत्रमा लगानी भित्र्याउन मुलुकका स्थानीय तहहरुले प्रतिस्पर्धा गर्नुपर्छ भन्ने मलाई लाग्छ । तर यसमा हामीकहाँ भने लगानीकर्तालाई आह्वान गर्नेमात्र काम भएको छ भन्ने मलाइ लाग्छ । अब मौखिक रुपमा गरिने यस प्रकारका आह्वानहरुले पुग्दैन, निजी क्षेत्रलाई वास्तविक साझेदार ठानेर ठोस र व्यावहारिक नीतिमार्फत अर्थपूर्ण रुपमा सहजीकरण गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो । सबै स्थानीय तहहरुले दीर्घकाललाई लक्षित गरी यस्ता संरचनाहरु बनाउनु जरुरी छ । लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत सुधार र सहुलियतपूर्ण व्यवस्थाले मात्रै स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सकिन्छ ।’

आइएमई ग्रुपको लगानीमा नवलपुरको गैँडाकोट नगरपालिकास्थित मौलाकालीमा इला होटल तथा रिसोर्ट सञ्चालनमा आएको छ । सातै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितको पर्यटकीय पूर्वाधार निर्माण गरिरहेको आइएमई ग्रुपले हालसम्म तीन वटा प्रदेशमा केबलकार निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ ।


प्रकाशित मिति: २९ बैशाख २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?