Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

विधिको शासन बलियो बनाउन देशभर बहस अभियान चलाऔँः सुनिता डंगोल


काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कानून कार्यान्वयनको पक्षलाई बलियो बनाउने गरी देशभर बहस हुनुपर्ने बताएकी छिन् ।

शुक्रवार कानून दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले कानून नेपालमा हरेक क्षेत्रसँग सम्बन्धित कानूनको चाङ रहेको तर कार्यान्वयनको पक्ष कमजोर रहेको बताएकी छिन् । कानून निर्माण मात्रै मुख्य कुरा नभइ कानूनको सही ढंगले कार्यान्वयन गर्नु महत्वपूर्ण भएको बताउदै उनले कानूनको सही कार्यान्वयन र परिपालना नहुँदा कानूनको कुनै अर्थ नहुने बताएकी छिन् । निर्माण भएका कानून व्यवहारिक र समय सापेक्ष छ कि छैन भनेर कानूनको समीक्षा गर्ने समय भएको उनको भनाइ छ ।

उनले स्थानीय स्तरमा न्याय सम्पादन गर्नका लागि काठमाडौं महानगरपालिकाको हरेक वडामा न्यायिक मेलमेलाप केन्द्र स्थापना गरिएको बताउदै उनले वडामा स्थापना भएका महिला सञ्जाल र मेलमिलाप केन्द्रका कारण मेलमिलाप गर्न आउनेको संख्या बढेको बताएकी छिन् । काठमाडौं महानगरपालिकाको प्रत्येक वडामा निःशुल्क रुपमा मेलमिलाप सेवा दिइ रहेको उनको भनाइ छ ।

उनले भनिन्, ‘कानून दिवसको अवसरमा कानूनकै विषयमा छलफल सँगसँगै कानूनका विषयमा छलफल मात्रै नभएर हामीले कानूनी राज्य कसरी स्थापना गर्ने ? कानूनलाई कसरी महशुस गर्ने ? र सँगसँगै कानून बन्ने र कानूनको कार्यान्वयनको पक्षलाई कसरी बलियो बनाउने भन्ने विषय देशैभरी हरेक संघसंस्थामा कानूनसँग जोडिएका सरोकारवाला निकायहरुबीच पनि बहस हुनु जरुरी छ । छलफल, मनन गर्नु जरुरी छ र मनन गरिएका कुराहरु व्यवहारमा उतार्नु पनि जरुरी छ । हामीले नेपालकै कानूनको कुरा गर्ने हो भने नेपालमा कानूनको कमी छैन, कानूनको चाङ बाग्लै छ । तर ति कानूनहरुका कार्यान्वयन हेर्ने हो भने हामी एकदमै कमजोर छौँ त्यो दुःखको कुरा हो । र कानून बन्नु मात्रै सबै कुरा होइन, कानूनको परिपालना नगर्ने हो भने कार्यान्वयन नगर्ने हो भने कानूनको कुनैपनि अर्थ रहँदैन । कानूनका हरेक दफा उपदफाको समीक्षा गर्नु जरुरी छ, व्यवहारिक छन् कि छैनन् र सँगसँगै के कस्ता कुरामा चुकिरहेका छौँ भन्ने विषयमा समीक्षा गर्नु जरुरी छ । अहिले निःशुल्क रुपमा मेलमिलापको सेवा दिन थालेपछि मेलमिलाप हुने संख्या पनि वृद्धि भइरहेको छ । अहिले हाम्रो सक्सेस रेट डबल डिजिटमा पुग्दै छ । र महानगरपालिकामा मेलमिलामको लागि आएर कुर्नु पर्छ भन्दा पनि वडा वडामै मेलमिलाप गर्ने वातावरण सिर्जना गर्न ३२ सै वडामा मेलमिलापको केन्द्र सञ्चालन गरेका छौँ । वडावडामा महिला सञ्जाल स्थापना गरेका छौँ यसले लैगिंकताको आधारमा हुने कुनैपनि हिंसामा न्यायिक समितिसम्म कुर्नु नपरोस् भनेर न्यायमा पहुँच सहज सरल र समयमै गर्नका लागि महिला सञ्जाल स्थापना गरेछौँ र त्यसको कामको प्रभावकारिता बढ्दै गएको छ ।’

कार्यक्रममा वक्ताहरुले विधिको शासन कायम गर्न न्यायिक मनले न्याय दिनुपर्नेमा जोड दिएका थिए ।


प्रकाशित मिति: २६ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?