Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’


काठमाडौँ। नेपाली चलचित्र ‘उनको स्विटर’को प्रिमियर सम्पन्न भएको छ ।

बुधवार साँझ काठमाडौंको एक सिनेमा हलमा प्रिमियर सम्पन्न भएको हो । प्रिमियरमा राजनीतिक व्यक्तित्वदेखि कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो । चलचित्र हेर्न पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङदेनले चलचित्र एकदमै राम्रो रहेको र हेर्न लायक रहेको बताउदै उनले नेपाली चलचित्रहरु एकपछि अर्को हेर्न लायक र प्रगतिउन्मुख रहेकोमा खुशी व्यक्त गरेका छन् ।

उनले भने, ‘चलचित्र एकदमै राम्रो छ । हेर्न लायक छ । नेपाली चलचित्रहरु एकपछि अर्को हेर्न लायक र प्रगतिउन्मुख छन् । धेरै खुशी लागेको छ ।’

चलचित्र हेर्न पुगेकी उपसभामुख इन्दिरा रानाले चलचित्र वास्तविक कथावस्तुमा आधारित रहेर बनाइएको बताउदैअन्तरजातीय प्रेमसँग कथावस्तु समेटिएको बताएका छन् ।
उनले भनिन्, ‘फिल्म वास्तविक कथामा आधारित रहेको छ । अन्तरजातीय प्रेमसँग कथावस्तु समेटिएको छ ।’

त्यस्तै अभिनेता विल्सनविक्रम राईले चलचित्र वैशाख २६ गतेदेखि सिनेमा घरहरुमा आउने बताउँदै चलचित्रले मनमस्तिष्कमा छाप छोड्ने बताएका छन् । अभिनेत्री रिमा विश्वकर्मा र केकी अधिकारीले चलचित्र राम्रो र गुणस्तरीय रहेको र नेपाली फिल्म क्षेत्रकै लागि गर्व गर्न लायकको चलचित्र बनेको दाबी गरेका छन् । चलचित्र हेर्न छुटाउन नहुने उनिहरुको सुझाव छ ।

अभिनेता विपिन कार्कीले चलचित्र हेरेपछि राम्रो प्रतिक्रिया पाइरहेको र चलचित्रले मन छुने दाबी गर्दै वैशाख २६ गते सिनेमा घरमा गएर हेरिदिन आग्रह गरेका छन् । अभिनेत्री मिरुना मगरले सकारात्मक प्रतिक्रिया पाइरहेको र दर्शकको मायाबाट आगामी दिनमा अझ राम्रो गर्दै जाने बताएकी छिन् ।

वैशाख २६ गते शुक्रवारबाट देशभर प्रदर्शन हुन लागेको चलचित्र उनको स्विटरमा अभिनेता कार्की र मिरुना मगर मुख्य भुमिकामा रहेका छन्। अन्य कलाकारमा विल्सनविक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनील पोखरेल, माओत्से गुरुङलगायतका कलाकारको अभिनय रहेको छ । आर्टमाण्डु प्रालिको ब्यानरमा पहिलो पटक निर्माण भएको चलचित्रको कथावस्तु सामाजिक विषयवस्तुमा आधारित रहेको छ । चलचित्रको लेखन तथा निर्देशन नवीन चौहानले गरेका हुन् ।


प्रकाशित मिति: २५ बैशाख २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?