Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

श्रीमान श्रीमती विच विनाकारण झगडा भैरहन्छ ? यस्ता छन् सुमधुर सम्बन्धका लागि अपनाउनु पर्ने उपाएहरु


काठमाडौं । श्रीमान श्रीमतीबीच सानोतिनो विवाद हुनु सामान्य कुरा हो । तर बारम्बार बिना कारण यस्ता विवाद हुनु र विवाद बढ्दै झगडामा परिणत हुनु चाहीँ चिन्ताजनक मानिन्छ । कोहि सामान्य विवादलाई सुल्झ्याउछन् भने कसैले त्यसै विषयलाई ठुलो बनाएर वैवाहिक सम्बन्ध नै धरापमा पर्ने हुन्छ ।

हरेक वैवाहिक दम्पतीले आफ्नो जीवनलाई समुधुर बनाई राख्न धेरै कुराहरुको ख्याल राख्नु पर्ने हुन्छ । दम्पतीले आफ्नो वैवाहिक सम्बन्धलाई सधै समुधुर बनाउन थुप्रै कुराहरुमा ख्याल गर्नु पर्दछ । श्रीमान श्रीमतीमा हुने मनमुटाव, ठाकठुकलाई समयमै समाधान गर्नुपर्छ ।

यदि श्रीमान श्रीमतीबचको सम्बन्धमा तनाव छ भने यसमा तपाईहरुबीचको सम्बन्धले मात्र काम गरेको हुदैन । दुईजनाबीचको असमझदारीका कारण यस्ता समस्या आउनुको एउटा प्रमुख कारणमा वास्तु दोष पनि रहेको बताइन्छ । जसको हलका लागि तपाईले वास्तुका नियमलाई पालन गर्नुपर्ने हुन्छ ।

यस्ता दम्पतीले आफ्नो वैवाहिक सम्बन्धलाई सधै समुधुर बनाउन ख्याल गर्नुपर्ने कुराहरु :

  • बेडरुम सधैं दक्षिण पश्चिम वा उत्तर पश्चिम दिशातर्फ हुनुपर्छ । यसले पार्टनरबिच माया र एक अर्कालाई बुझ्ने क्षमताको विकास गर्दछ । उत्तर पूर्व र दक्षिण पूर्ण दिशामा रहेको कोठालाई कुनै पनि हालतमा बेडरुम बनाउनु हुँदैन ।
  • विवाहित जोडीले जहिले पनि दक्षिणतर्फ टाउको देखाएर सुत्नुपर्छ । दक्षिणतर्फबाट प्रवाह हुने सकारात्मक चुम्बकीय ऊर्जा निन्द्रा र रक्त संचारमा बाधा नपुर्याईसजिलै शरिरमा प्रवेश गर्दछ ।
  • वास्तुका अनुसार बेडरुममा ऐना बेडको ठिक अगाडि नराख्नुहोस् ता कि सुत्नेबेला कसैको प्रतिबिम्ब ऐनामा नदेखियोस् ।  विवाहित जोडी सुत्ने बेड कहिले पनि मेटल र फलामको हुनुहुँदैन । जोडीबिचको तनाव कम गर्न काठको बेड प्रयोग गर्नुहोस् । बेड नियमित आकारको हुन आवश्यक छ ।
  • बेडरुममा सधैं हल्का रङको प्रयोग गर्नुहोस् जस्तै हल्का निलो, हल्का हरियो, गुलाबी ।
  • श्रीमती जहिले पनि बायाँ साइडमा सुत्नुपर्छ भने श्रीमान् भने दायाँ पट्टी सुत्नुपर्छ । यसले दुईजनाबिच निकै सुमधुर सम्बन्ध कायम गर्न सहयोग गर्दछ ।
  • डबल बेडमा एउटा मात्र म्याट्रेस प्रयोग गर्नुहोस् । विवाहित जोडीले डबल म्याट्रेस प्रयोग गर्नबाट जोगिनुपर्छ । यसले विवाहित जोडिमा सकारात्मकता फैलाउन सहयोग गर्दछ ।

प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?