Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
३ चैत्र २०८२, मंगलवार
३ चैत्र २०८२, मंगलवार

विपद् व्यवस्थापनको सचेतनाका लागि पाँच भाषामा सन्देश निर्माण गर्दै विपद् व्यवस्थापन प्राधिकरण


काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ईन्जिनियर दिनेशप्रसाद भट्टले विपद् व्यवस्थापनको सचेतना जगाउन मुख्यमुख्य पाँच भाषामा सन्देशहरु निर्माण गर्ने बताएका छन् ।

बुधवार सिंहदरबारमा आयोजित तातो हावाको लहर ‘लू’ को प्रभाव र पूर्वतयारी विषयक छलफल कार्यक्रममा बोल्दै जुन ठाउँमा कर्मचारी कार्यरत हुन्छ् त्यहीँ त्यहीँ ठाउँमा विपद् व्यवस्थापन पूर्वतयारीका सन्देशहरु प्रवाह गर्न निर्देशन दिएका छन् । उनले हाल सामान्य वर्षा भइरहे पनि वर्षा रोकिएको केही दिनमै तातो हावा चल्न सक्ने भएकाले सजगता अपनाउनुपर्ने बताएका छन् ।

उनले लूका कारण तराईमा पशुचौपाया मर्ने गरेकोप्रति विशेष ध्यान दिनुपर्ने बताउदै पशुचौपाया मर्दा किसानले बिस्तारै पशुपालन छोड्न सक्ने भएकाले किसानको क्षतिपूर्ति र राहतका लागि पशु तथा कृषि बीमाको दायरामा ल्याउनुपर्नेमा जोड दिंदै विपद्का सबै क्षेत्रलाई बीमाको दायरामा ल्याउन बीमा कम्पनीहरुसँग सरकारले मध्यस्तता गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘इन्सोरेन्सको कुरा यस्तो हिट वेबहरु बढ्दै जाँदा हामीले किसानलाई इन्सोरेन्सतिर ल्याउन सकेनौँ भने उनीहरुको खेतीको लस हुने भयो भने बिस्तारै मान्छेले खेती गर्न छोड्लान भन्ने कुरामा पनि हामी चिन्तित हुनुपर्ने जरुरी छ । गाई वस्तु मर्न थाले भने हरेक वर्ष गाई वस्तु गाड्नुपर्ने स्थिति आयो भने त अर्को वर्षदेखि पाल्दैनन् । त्यसो भाको हुनाले कसरी बीमामा ल्याउने हो भन्ने कुरा जरुरी छ । म यो ओभर अल डिजास्टरलाई नै बीमामा ल्याउनुपर्छ केही वर्षभित्र भनेर शुरुमा त बीमा कम्पनीहरु आउन खोज्दैनन् । मिट प्वाइन्ट पनि खोज्नु पर्छ होला त्यो हिसाबले पनि तयारी गर्नुपर्छ र किसानालाई बीमामा ल्याउनुपर्छ । अहिले पानी प¥यो भने केही दिनपछि पानी बन्द हुने बित्तिकै फेरि चारपाँच दिन नर्मल चल्यो भने हिड वेबको कुरा आउँछ । त्यो आउँदै गर्दा हाम्रो केही सामग्रीहरु छन् एनआरामा प्रोेड्युस गरेको अब एउटै कुरा सबैले गर्नु जरुरी छैन, किनभने रिसोर्ससेज कम छन् । एनडी आरआरले गर्दा पनि यहाँहरुसँग सल्लाह गरेर राम्रै गरी बनाएको छ । हामी छिट्टै पाँचवटा भाषामा ट्रान्सलेट गर्छौँ । जस्ले अलिअलि बुझेको छ उस्लाई सन्देश नचाहिएको पनि हुनसक्छ कतिपय ठाउँमा । पहिले नेपालीमा गएकै सन्देशलाई पाँचवटा मुख्य भाषामा परिवर्तन गर्दैछौँ । जस्ले जहाँ काम गरिरहेको छ त्यस्तले त्यहीँबाट फैलाइ दिनुहोस् । अर्को सबै भाषामा भएका सामग्रीहरुको लाइब्रेरी पनि बनाउँदै छौँ ।’

कार्यकारी प्रमुख भट्टले तातो हावाका लहर लू तराई क्षेत्र हुँदै दिपायल, दाङको तुलसिपुर लगायतका उपत्यकाहरुमा पनि शुरु भइसकेकाले सजग हुनुपर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?