Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

रोजगारदाताले श्रमिक नै पाएनन्ः श्रममन्त्री भण्डारी


काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारदाताले आवश्यक पर्ने जनशक्ति नपाएको बताएका छन् ।

बुधवार राजधानीमा नेपाल ट्रेड युनियन कांग्रेसले गरेको एक कार्यक्रममा बोल्दै उनले दुईपक्षलाई जोड्न नसक्दा श्रमिकले काम नपाएको र रोजगारदाताले समेत श्रमिक नपाएको बताएका छन् । उनकाअनुसार यही ग्यापलाई सम्बोधन गर्न सरकारले श्रमसञ्चार अनलाइन पोर्टल सञ्चालनमा ल्याएको बताएका छन् । उनले हरेक वर्ष ४ लाख जनशक्ति श्रम बजारमा आउने गरेको बताउँदै त्यो शक्ति कति सीपयुक्त हुन्छ भन्ने महत्वपूर्ण हुने बताएका छन् । अहिले वैदेशिक रोजगारमा जानेको लहर चलेपनि मुलुकभित्रै ठूलो जनशक्तिको आवश्यकता रहेको भण्डारीको भनाई छ । उनकाअनुसार गहना बनाउने ८ लाख, निर्माणमा २० लाख, तयारी पोसकामा समेत उत्तिकैसंख्यामा बाहिरबाट मान्छे काम गर्न नेपालमा आइरहेका छन् । त्यसका ठाउँमा रिप्लेस गर्न सकेपनि नेपालमा धेरै जनाले रोजगारी पाउने स्थीति बन्नेछ ।

श्रममन्त्री भण्डारीले भने,‘रोजगारदताले मान्छे पाएको छैन्, काम गर्न खोज्ने श्रमिकले मान्छे पाएको छैन । हरेक पालिकाले तालिम दिएको छ, कामको सर्टिफिकेट बोकेर श्रमिक हिनेको छ तर रोजगारदाताले मान्छे पाएको छैन । रोजगारदाताले मान्छे नपाएको सत्य कुरा हो यो । किनभने हामीले यसलाई जोड्न सकेका छैनौं । यही स्थीतिलाई हेरेर श्रम रोजगार सम्मेलन गरेर आगामी दशकलाई रोजगारी दशक अघि बढाउन खोजेका छौं । वैदेशिक रोजगारीको निर्भरतालाई घटाएर लैजान यो दशक शुरु गरेका हौं । रोजगारको विकल्प रोजगार मात्रै हुन्छ अरु हुँदैन । हरेक वर्ष ४ लाख जनशक्ति श्रम बजारमा आउने गरेको बताउँदै त्यो शक्ति कति सिपयुक्त हुन्छ ? बजारले मागेअनुसारको आएको छ की छैन् ? बजारले मागेअनुसार सिपयुक्त जनशक्ति आएन भने कसरी जोड्ने रोजगारदातासँग ?’

उनले सबै श्रमसम्बन्धि सेवा सुचनासहित सम्पूर्ण जानकारी दिनका लागि श्रमसंसार डिजिटल पोर्टल शुरु गरेको बताउँदै ७५३ ओटा पालिकालाई जोड्ने तयारी भएको बताएका छन् ।


प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?