Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी शुरु


काठमाडौँ। सरकारले मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी शुरु गरेको छ ।

आईतवार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले पूर्वतयारी शुरु गरेको जानकारी दिएको हो । प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले विगतका वर्षमा मनसुनजन्य विपद्बाट उच्च जोखिम व्यहोरेकाले यस वर्ष छिट्टै पूर्वतयारी शुरु गरेको बताएका छन् । उनले हरेक वर्ष मौसमसम्बन्धी पूर्वानुमान घोषणा भएपछि पूर्वतयारी शुरु गर्ने गरिएकोमा यसपटक भारतले गरेको पूर्वानुमानको आधारमा पूर्वतयारी शुरु गरेको जानकारी दिंदै सुरक्षा निकाय तथा विभिन्न एजेन्सीहरुलाई पूर्वतयारीका साथ रहन आग्रह गरिएको बताएका छन् ।

उनले भने, ‘आजको मुलभुत विषय चाहीँ मनसुन छिट्टै आउँछ भनेर र यो वर्षको मनसुन अरु वर्षको भन्दा अझै ठूलो हुन्छ कि भनेर साउथ एसिएन मनसुन वाचले डिसिजन गर्यो  पुनेमा अस्ति त्यो सहित हामी अलि अगाडिदेखि मनसुनको तयारी गर्दै थियौँ । पूर्वतयारी के कस्तो छ र पूर्वतयारीलाई कसरी द्रुतगतिमा अगाडि बढाउने यही कुरा प्रदेश सरकार, स्थानीय सरकार र संघीय सरकारका अरु निकायसम्म कसरी पुर्याउने र यो वर्ष कसरी प्रतिकार्य गर्ने भन्ने बारेमा छलफल गर्यौं । यो हरेक वर्षको प्रक्रिया हो पहिले नेपालको फरकास्ट आएपछि पूर्वतयारी गथ्र्यौँ तर यो पटक फरकास्ट आउन बाँकी छ । अझै एकहप्ता लाग्छ होला । तर हामीले पोहोरसाल दुःख पाएको हुनाले यो वर्ष अलि पहिलादेखि तयारी गर्यौं र सम्बन्धित संघ संस्थाहरु जस्तो सुरक्षाकर्मी, अरु एजेन्सीहरु, जिल्ला विपद् समितिहरुको कामहरु पनि स्पेसिफिक गरेर कुन ठाउँमा कुन कुराहरु राख्नुपर्ने हो त्यो बेला चाहिने कुन लेवलको फरकास्ट एक हप्ता पछि आउँछ भने त्यसका लागि आवश्यक टेमप्लेट बनानेदेखि लिएर रिलेसनहरुमा संस्थाहरुलाई राख्ने काम शुरु गरेका छौँ ।’

कार्यकारी प्रमुख भट्टले विपद्बाट बच्न क्षति न्युनिकरणका लागि स्थानीयहरुको भुमिका महत्वपूर्ण हुने बताएका छन् ।


प्रकाशित मिति: २१ बैशाख २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?