Trending
>>   जेन–जी युवाहरुको चेतावनीः विदेशमा रहेका नेपालीहरुको मताधिकार सुनिश्चित गर्न नसके सडकमा उत्रिन्छौँ >>   सञ्चारमन्त्रीको टिप्पणीः नेताहरु घाटमा जाने बेलासम्म पनि आफैँ नेता, अध्यक्ष र प्रधानमन्त्री बन्छन् >>   सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो >>   अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ >>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

कम्पनी, उद्योग नविकरण गर्ने प्रचलन हटाऔंः गोकर्ण अवस्थी


काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक (डिजी) गोकर्ण अवस्थीले नेपालमा लगानी बढ्न नसक्नुको मुख्य कारण राजनीति अस्थिरता रहेको बताएका छन् ।

आफूहरुले गरेको सर्वेक्षणमा ८० प्रतिशतले राजनीति अस्थिरताका कारण लगानी नबढेको पाएको बताएका छन् । आइबीएन मिडियाले आईतवार काठमाडौंमा आयोजना गरेको प्रि बजेट छलफल कार्यक्रममा बोल्दै उनले लगानी बढाउन राजनीतिक स्थायित्व जरुरी हुने र अहिलेको राजनीति परिस्थिति, संविधान अनुसार राजनीतिक हुन नसक्ने स्थिति रहेको बताएका छन् ।

उनकाअनुसार आर्थिक सुधार आयोगको प्रतिवेदनलाई आधार मानेर बजेट आयो भने प्रभावकारी हुनेछ । रोजगारी दशक भनेर नीति तथा कार्यक्रममा आएको बताउँदै लगानी नभई रोजगारी कसरी हुन्छ भन्दै अवस्थीले प्रश्न गर्नुभयो । सरकारले दिएको रोजगारी ५ लाखलाई मात्रै रहेको बताउँदै उहाँले बाँकी रोजगारी निजी क्षेत्रबाट सिर्जना भएको बताए । सरकार–निजी क्षेत्रबाट सिर्जना गरिएको रोजगारीले समेत नपुगेर नेपालीहरु विदेशमा गएर पसिना बगाउनुपरेको उनको भनाई छ । रोजगारी सिर्जना गर्नका लागि सरकारले लगानीमैत्री वतावरण बनाउनुको विकल्प नरहेको उनको भनाई रहेको छ । उनले लगानी दशक भनिरहँदा लगानीसम्बन्धि कानूनहरुलाई सामयानुकुल बनाउन जरुरी रहेको बताउदै अध्यादेशबाट ल्याइएका कानूनहरु कतिपय संसदबाट पास भएपनि नियमावली कार्यविधि समयमै नआउँदा अलपत्र जस्तै भएकाले छिटो बनाउनुपर्ने उनको भनाई छ ।

उनले भने,‘राजनीति स्थायित्व हुन जरुरी छ । यसपटक हामीले सर्वेक्षण गरेका छौं । झन्डै ८० प्रतिशतले नेपालमा लगानी नहुनुको कारण राजनीतिक अस्थिरता भनेका छन् । अहिलेको राजनीति परिस्थिति, संविधानअनुसार राजनीति स्थीरता हुन सक्दैन । नीतिगत स्थीरताका लागि केही ठोस कदम यसपालीको बजेटबाट आउनुपर्छ ।’

बजेटमा सुझाव दिँदै अवस्थीले वन, भूमिसम्बन्धि कानूनलाई एकीकृत गर्दै सरकारले व्याख्यात्मक टिप्पणीसहित अघि बढाउनुपर्ने बताएका छन् । उद्योग विभाग, लगानी बोर्डजस्ता निकायबाट हुने कामलाई एकीकृत गर्दै त्यस्तो खालको इकाइ बनाउन जरुरी छ । निर्णयका लागि बोर्ड चाहिने उनको भनाई छ ।

उनले भने,‘सरकारी अधिकारीहरु मसि चोब्न डराएकै स्थिति हो । चाहे हामीले भनौं नभनौं, त्यो अवस्थामा बोल्ड डिसिजन लिएर गर्नसक्ने बोर्ड आवश्यक छ । बोर्डले नै निर्णय लिएर क्याविनेटले पारित गर्नेसम्मका परियोजनाहरु अघि बढाइयो भने प्रभावकारी हुन्छ । होइन भने पुँजीगत खर्च बढ्न सक्ने देखिदैन ।’

एकीकृत कानून, एकीकृत निकाय, निर्णयका लागि शक्तिशाली संयन्त्र जरुरी रहेको उनको भनाई रहेको छ । उनकाअनुसार नागरिक एपमा विजनेस आइकन थप्नुपर्छ । त्यसबाट व्यवसायी दर्ता गर्ने वातावरण बनाइनुपर्छ । व्यवसाय नविकरण गर्ने व्यवस्था हटाउनुपर्छ । किनभने करदाताले कर तिरिरहेको छ भने त्यसैलाई सरकारले नविकरणका रुपमा लिनुपर्छ । अहिले बढीमा ७ ठाउँमा दर्ता गरेर कम्तिमा ४ ठाउँमा दर्ता गर्न जानुपर्ने अध्ययनबाट देखिएको उनको भनाई रहेको छ ।


प्रकाशित मिति: २१ बैशाख २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?