Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

प्रिसा साह मृत्यु प्रकरणको निष्पक्ष छानविन गरी उचित न्याय दिन सरकारलाई राष्ट्रिय सभाको निर्देशन


काठमाडौँ। राष्ट्रिय सभाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा झुन्डिएको अवस्थामा मृत फेला पर्नुभएकी प्रिसा साहको घटनाको निष्पक्ष छानविन गरी उचित न्याय प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ ।

आईतवारको राष्ट्रिय सभाको बैठकमा आकस्मिक र शुन्य समयमा उठाएका विषयमा सभाको गम्भीर ध्यानाकर्षण भएको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बताएका छन् । सर्लाहीको कविलासी नगरपालिका–८, कविलासी चोक निवासी श्यामप्रसाद साहकी २० वर्षीया छोरी प्रिसा बिहीवार बेलुका कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । प्रिसा ओडिसाको उक्त कलेजमा कम्प्युटर साइन्स विषयमा सेकेन्ड सेमेस्टरमा अध्ययनरत थिइन्।

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले एउटै कलेजमा बारम्बार समान प्रकृतिका घटना घटिरहनु अत्यन्तै दुःखद् पक्ष भएको बताउदै नेपाल र भारत दुवै देशले कुटनैतिक माध्यममार्फत यस्ता घटना दोहोरि रहनुपर्ने कारणको गहिराइमा गएर खोजि गर्न र आगामी दिनमा यस्ता घटना नघट्ने वातावरण बनउन साथै यस घटनाको विषयमा निष्पक्ष रुपमा सत्यतथ्य छानविन गरी, यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले भने, ‘आजको बैठकमा आकस्मिक र शुन्य समयमा मान्य सदस्यहरुले उठाउनुभएको भारतको उडिसाराज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजी केआइआइटीमा अध्ययनरत छात्रा प्रिसा साहको छात्रावासको कोठामा झुन्डिएको अवस्थामा मृत्यु भएको विषयमा सभाको गम्भीर ध्यानाकर्षण भएको छ । एउटै कलेजमा बारम्बार समान प्रकृतिका घटना घटिरहनु अत्यन्तै दुःखद् पक्ष हो । नेपाल र भारत दुवै देशले कुटनैतिक माध्यममार्फत यस्ता घटना दोहोरि रहनुपर्ने कारणको गहिराइमा गएर खोजि गर्न र आगामी दिनमा यस्ता घटना नघट्ने वातावरण बनउन साथै यस घटनाको विषयमा निष्पक्ष रुपमा सत्यतथ्य छानविन गरी, यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु । उक्त कलेजमा अध्ययनरत नेपाली छात्रछात्राले सुरक्षित र निर्भिकताकासाथ अध्ययन गर्ने वातावरण बनाउन पनि सरकारलाई आग्रह गर्दछु । साथै आकस्मिक र शुन्य समयमा माननीय सदस्यहरुले उठाउनुभएका अन्य कतिपय गम्भीर विषयमा समेत नियमावलीले तोकेको अवधिभित्र सभामा आइ जवाफ दिन सम्बन्धित मन्त्रीको ध्यान आकर्षण गराउँदछु ।’

उनले उक्त कलेजमा अध्ययनरत नेपाली छात्रछात्राले सुरक्षित र निर्भिकताकासाथ अध्ययन गर्ने वातावरण बनाउन पनि सरकारलाई आग्रह गरेका छन्। आकस्मिक र शुन्य समयमा माननीय सदस्यहरुले उठाउनुभएका अन्य कतिपय गम्भीर विषयमा समेत नियमावलीले तोकेको अवधिभित्र सभामा आइ जवाफ दिन सम्बन्धित मन्त्रीको ध्यान आकर्षण गरेका छन् ।


प्रकाशित मिति: २१ बैशाख २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?