Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

वीरेन्द्रबहादुर बस्नेतको पुस्तक ‘बाई द बुक’ लोकार्पण


काठमाडौँ। वीरेन्द्रबहादुर बस्नेतद्वारा लिखित पुस्तक ‘बाई बुक’ लोकार्पण भएको छ ।

शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो । पुस्तकका लेखक बस्नेतले पुस्तकमा बुद्ध यएरको सफलताको कथा समेटिएको बताएका छन् । उनले आफूले पुस्तकमा बुद्ध यएरले कस्तो अवस्थाबाट संस्था शुरु गरेर सफलतामा पुग्नसक्यो भन्नेबारे आफ्ना विचारहरु लेखिएको बताउदै उद्योग व्यवसायमा लाग्न चाहने वा व्यवसायको व्यवस्थापनमा लाग्नेहरुका लागि पुस्तकले सिर्जनशिल बन्न प्रेरणा दिने उनको भनाइ छ ।

उनले केही व्यक्तिहरुको सोच र सपनालाई मूर्तरुप दिन सञ्चालन शुरु गरेको बुद्ध यएरमा हाल १ हजार ५ सय कर्मचारी आवद्ध रहेको बताएका छन् । पुस्तक ‘बाई द बुक’ २९ वर्षअघि सञ्चालन शुरु गरेर सफलताको शिखरमा पुगेको बुद्ध यएरको सफलताको दस्ताबेज भएको उनको भनाइ छ ।

उनले भने, ‘हामीले २९ वर्ष अगाडि बुद्ध यएर सञ्चालन शुरुवात गर्यौ । त्यो शुरुवात गर्दाखेरिको जुन एउटा सपना सोच र अग्रसरता लियौँ । एउटा सानो आमनेपाली व्यक्तिहरु बुद्ध यएरको टिम जुन अहिले १५ सय जना कर्मचारी छौँ हामी । हाम्रो समूहले ठूलो कलेजबाट डिग्री लिएको वा संस्थाबाट अनुभव लिएर सञ्चालन शुरु गरेका होइनौँ । हामीले आम नेपाली साधारण जनताले आयस्रोतको ठुलो सपना बोकेर र त्यो सपनालाई मूर्तरुप दिन यहाँ ल्याऔँ । यो काम गर्दा हामीले धेरै सिद्धान्तहरु हे¥यौँ । धेरै सूत्रहरु अपनाऔँ, धेरै व्यवस्थापनहरु अपनायौँ । अहिले सफलताको पुष्टि भइसकेको छ । त्यो सफलता हासिल गर्न हामीे के के काम ग¥यौँ के के सूत्र अपनायौँ ? कुन कुन म्यानेजमेण्ट स्कुलले पढाएको दिएका सूत्रहरु थिए वा त्यो भन्दा भिन्न थिए ? त्यो कुराहरुलाई हामीले शुरुदेखि दस्ताबेज बनाएर कथा बनाएर बुद्ध यएरको कथा आम नेपाली व्यवस्थापनमा लागेका व्यक्तिहरु र भावि व्यवस्थापनमा लाग्ने र उद्योग व्यवसायमा लाग्न चाहनेका लागि एउटा रेफरेन्सको रुपमा यो किताव आउनु पर्छ र यो प्योर्ली बुद्ध यएरको कथा हो । अरु कसैको पनि धेरै कुरा उल्लेख गरेका छैनौँ । जे लेखेको छौँ अनुसरण गर्नुपर्छ भन्ने आवश्यकता होइन तर रेफरेन्सको रुपमा एउटा सुझबुझ गरेर आफ्नो धारणा बनाउन सकुन्, सिर्जनशिल बनेर काम गर्न सकुन भनेर यो किताव लेखिएको हो ।’

हरेक समस्याहरुमा कर्मचारीहरु एकजुट भएर समस्या समाधानमा लागेकै कारण बुद्ध यएरले सफलता पाएको लेखक बस्नेतको भनाइ छ ।


प्रकाशित मिति: २० बैशाख २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?