Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

राष्ट्रिय आवश्यकताहरु समेटेर नीति तथा कार्यक्रम आएको छः काँग्रेस


काठमाडौँ। नेपाली काँग्रेसले सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय आवश्यकतालाई समेटेर आएको बताएको छ ।

शनिवार नयाँ बानेश्वरमा बसेको काँग्रेस संसदीय दलको बैठकको निर्णय सुनाउँदै काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले काँग्रेसको माग बमोजिम नै आएकाले नीति तथा कार्यक्रमलाई समर्थन गर्ने र संसदमा नीति तथा कार्यक्रमको पक्षमा बोल्ने बताएका छन् । काँग्रेसले नीति तथा कार्यक्रमका बारेमा सरकारलाई सकारात्मक र रचनात्मक सुझाव दिने बताउदै उनले नीति तथा कार्यक्रमको सम्बोधन गर्ने गरी बजेट निर्माण गर्न सरकारलाई सचेत गराइने निर्णय भएको बताएका छन् ।

उनले भने, ‘हिजो प्रश्तुत भएको नीति तथा कार्यक्रमको विषयमा छलफल भयो । नीति तथा कार्यक्रममा धेरै कुराहरु समेटिएका छन्,जुन राष्ट्रिय आवाश्यकताहरु हुन् । ती कार्यक्रमहरु हामीले पनि चाहेका कुराहरुलाई समेटिएर आएका हुनाले त्यसलाई समर्थन गर्ने, नीति तथा कार्यक्रमलाई सकारात्मक र रचनात्मक सुझावसहित त्यसको पक्षमा बोल्ने समर्थन गर्ने निर्णय भएको छ । नीति तथा कार्यक्रम कार्यान्वयन हुन बजेटमा पनि समावेश हुनुपर्छ, अगामी बजेट तर्जुमा गर्दाखेरि नीति तथा कार्यक्रमलाई सम्बोधन गर्ने गरी तर्जुमा गरियोस् भनेर निर्णय गरेका छौँ ।’

प्रमुख सचेतक घिमिरेले विधेयक निर्माणमा परिणाम देखिने गरी काँग्रेसले भुमिका खेल्ने बताउदै विधेयक निर्माणमा सांसदहरुको भुमिका सुस्त हुँदा धेरै कुरामा प्रभाव परेको बताएका छन् । विधेयक निर्माणको गतिलाई तिब्रता दिन काँग्रेसले सक्रियतापूर्वक संसद र समितिहरुमा काम गर्ने उनको भनाइ छ ।

उनले भने, ‘विधेक निर्माणको गति अलिकति सुस्त भएको जस्तो हामीलाई अनुभव भएको छ, र विधेयक निर्माणको गति सुस्त हुँदाखेरि त्यसले पारेको प्रभावहरु धेरै हुने भए । विधेयक निर्माणको गतिलाई तिब्रता दिन कांग्रेसले सक्रियतापूर्वक ढंगले संसदमा र समितिहरुमा भुमिका खेल्नुपर्छ र देखिने गरी परिणाममुखी ढंगले संसदमा भुमिका खेल्नुपर्छ भन्ने कुरा निष्कर्ष निकालेको छ ।’

प्रमुख सचेतक घिमिरेले शिक्षकसँग गरिएको सहमतिअनुसार असार १५ गतेसम्म विद्यालय शिक्षा विधेयक संसदबाट पारित गर्ने प्रतिवद्धता जनाउदै पछिल्लो समय भारतको उडिसाको कलेज र पहलगम तथा बेलायतमा भएको घटनाबारे निन्दा गर्दै मृतक नेपालीहरुको जाँचबुझका लागि माग गर्ने निर्णय गरेको बताएका छन् ।


प्रकाशित मिति: २० बैशाख २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?