Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

राष्ट्रिय आवश्यकताहरु समेटेर नीति तथा कार्यक्रम आएको छः काँग्रेस


काठमाडौँ। नेपाली काँग्रेसले सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय आवश्यकतालाई समेटेर आएको बताएको छ ।

शनिवार नयाँ बानेश्वरमा बसेको काँग्रेस संसदीय दलको बैठकको निर्णय सुनाउँदै काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले काँग्रेसको माग बमोजिम नै आएकाले नीति तथा कार्यक्रमलाई समर्थन गर्ने र संसदमा नीति तथा कार्यक्रमको पक्षमा बोल्ने बताएका छन् । काँग्रेसले नीति तथा कार्यक्रमका बारेमा सरकारलाई सकारात्मक र रचनात्मक सुझाव दिने बताउदै उनले नीति तथा कार्यक्रमको सम्बोधन गर्ने गरी बजेट निर्माण गर्न सरकारलाई सचेत गराइने निर्णय भएको बताएका छन् ।

उनले भने, ‘हिजो प्रश्तुत भएको नीति तथा कार्यक्रमको विषयमा छलफल भयो । नीति तथा कार्यक्रममा धेरै कुराहरु समेटिएका छन्,जुन राष्ट्रिय आवाश्यकताहरु हुन् । ती कार्यक्रमहरु हामीले पनि चाहेका कुराहरुलाई समेटिएर आएका हुनाले त्यसलाई समर्थन गर्ने, नीति तथा कार्यक्रमलाई सकारात्मक र रचनात्मक सुझावसहित त्यसको पक्षमा बोल्ने समर्थन गर्ने निर्णय भएको छ । नीति तथा कार्यक्रम कार्यान्वयन हुन बजेटमा पनि समावेश हुनुपर्छ, अगामी बजेट तर्जुमा गर्दाखेरि नीति तथा कार्यक्रमलाई सम्बोधन गर्ने गरी तर्जुमा गरियोस् भनेर निर्णय गरेका छौँ ।’

प्रमुख सचेतक घिमिरेले विधेयक निर्माणमा परिणाम देखिने गरी काँग्रेसले भुमिका खेल्ने बताउदै विधेयक निर्माणमा सांसदहरुको भुमिका सुस्त हुँदा धेरै कुरामा प्रभाव परेको बताएका छन् । विधेयक निर्माणको गतिलाई तिब्रता दिन काँग्रेसले सक्रियतापूर्वक संसद र समितिहरुमा काम गर्ने उनको भनाइ छ ।

उनले भने, ‘विधेक निर्माणको गति अलिकति सुस्त भएको जस्तो हामीलाई अनुभव भएको छ, र विधेयक निर्माणको गति सुस्त हुँदाखेरि त्यसले पारेको प्रभावहरु धेरै हुने भए । विधेयक निर्माणको गतिलाई तिब्रता दिन कांग्रेसले सक्रियतापूर्वक ढंगले संसदमा र समितिहरुमा भुमिका खेल्नुपर्छ र देखिने गरी परिणाममुखी ढंगले संसदमा भुमिका खेल्नुपर्छ भन्ने कुरा निष्कर्ष निकालेको छ ।’

प्रमुख सचेतक घिमिरेले शिक्षकसँग गरिएको सहमतिअनुसार असार १५ गतेसम्म विद्यालय शिक्षा विधेयक संसदबाट पारित गर्ने प्रतिवद्धता जनाउदै पछिल्लो समय भारतको उडिसाको कलेज र पहलगम तथा बेलायतमा भएको घटनाबारे निन्दा गर्दै मृतक नेपालीहरुको जाँचबुझका लागि माग गर्ने निर्णय गरेको बताएका छन् ।


प्रकाशित मिति: २० बैशाख २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?