Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

सरकारको नीति तथा कार्यक्रम अमूर्त, गन्तव्यविहीन र निराशः वर्षमान पुन


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले ल्याएको नीति तथा कार्यक्रम अमूर्त, गन्तव्यविहीन र निराश भएको टिप्पणी गरेका छन् ।

शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि संसद परिसरमा सञ्चारकर्मीहरूसँग बोल्दै उनले सरकारको नीति तथा कार्यक्रमबाट आगामी बजेट पनि गन्तव्यविहीन आउँछ कि भन्ने आशङ्का देखिएको बताएका छन् । उपमहासचिव पुनले गठबन्धन सरकारले संविधान संशोधन गर्नेकुरा गरे पनि हालसम्म त्यो हुन नसकेको बताएका छन्। उनले नीति तथा कार्यक्रममा विकास, निर्माण र पूर्वाधारलाई स्पष्ट प्रश्तुत नगरिएको बताउँदै आर्थिक सुधारमा सरकारले गर्न खोजेको के भन्दै प्रश्न समेत गरेका छन् । उनले विगतको सरकारले नयाँ दर्जनौँ कार्यक्रम घोषणा गरेर कार्यान्वयनको लागि सङ्कल्प गरेको स्मरण गर्दै तिनीहरू अहिले रोकिएको समेत जिकिर गरेका छन् ।

उनले भने, “राष्ट्र प्रमुखले गर्ने सम्बोधन प्रधानमन्त्री र सरकारको कार्यक्रम भएको हुनाले त्यसमा साह्रै अमूर्त, गन्तव्यहीन र निराश खालको भयो । यसले आगामी बजेट पनि यस्तै गन्तव्यहीन आउँछ भन्ने आशङ्का देखाएको छ । खास गरी संविधान संशोधनको कुरा थियो, एक वर्षदेखि केही काम हुन सकेको छैन, गठबन्धनबाट । अरू क्षेत्रमा पनि स्पष्ट केही आएन, के गर्न खोजेको हो आर्थिक सुधारमा ? विकास, निर्माण र पूर्वाधारमा स्पष्ट दिनुपर्नेमा त्यो पनि आएन । विगतको सरकारले नयाँ दर्जनौँ कार्यक्रम घोषणा गरेर कार्यान्वयनको लागि सङ्कल्प गरेको थियो, त्यसलाई अहिले रोकिएको छ । तिनीहरूलाई के गर्ने, त्यसमा स्पष्ट केही आएको छैन ।”

उनले सरकारले नीति तथा कार्यक्रमबाट गन्तव्य देखाउन नसकेको बताउँदै यसले जनतामा निराशा थप्ने बताएका छन् ।


प्रकाशित मिति: १९ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?