Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

नीति तथा कार्यक्रमले आशा जगाउने काम गरेनः पूर्वसभामुख सापकोटा


काठमाडौँ। पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारद्वारा प्रश्तुत नीति तथा कार्यक्रमले जनताको आशा जगाउने काम नगरेको बताएका छन् ।

नीति तथा कार्यक्रमपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले नीति तथा कार्यक्रम परम्परागत भएको र कुनैपनि नयाँ कुरा नभएको टिप्पणी गर्दै नीति तथा कार्यक्रममा वर्तमान र भविष्यको कुनै प्रष्ट मार्ग चित्र नभएको सापकोटाको दाबी गरेका छन् । उनले नीति तथा कार्यक्रम सार संग्रहजस्तै भएकोले जनतामा कुनै उत्साह जगाउन नसक्ने स्पष्ट पारेका छन् ।

उनले भने, ‘अनुगमनको पनि अनुगमनजस्ता कुराहरु । हुन त यो स्वाभाविक बन्ला । सुशासन आयोग प्रधानमन्त्रीकै अध्यक्षतामा बनाइरहेको छ । नीति तथा कार्यक्रम परम्परागत त अतितमुखी छ अहिले र भविष्यको प्रष्ट मार्गचित्र छैन । यो अलिकति सार संग्रहबादी छ । यसले जनतामा आशा जगाउँदैन ।’

उनले नीति तथा कार्यक्रम निरन्तरताको क्रमभंगतामात्र भएको बताएका छन् ।


प्रकाशित मिति: १९ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?