Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

नीति तथा कार्यक्रमले आशा जगाउने काम गरेनः पूर्वसभामुख सापकोटा


काठमाडौँ। पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारद्वारा प्रश्तुत नीति तथा कार्यक्रमले जनताको आशा जगाउने काम नगरेको बताएका छन् ।

नीति तथा कार्यक्रमपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले नीति तथा कार्यक्रम परम्परागत भएको र कुनैपनि नयाँ कुरा नभएको टिप्पणी गर्दै नीति तथा कार्यक्रममा वर्तमान र भविष्यको कुनै प्रष्ट मार्ग चित्र नभएको सापकोटाको दाबी गरेका छन् । उनले नीति तथा कार्यक्रम सार संग्रहजस्तै भएकोले जनतामा कुनै उत्साह जगाउन नसक्ने स्पष्ट पारेका छन् ।

उनले भने, ‘अनुगमनको पनि अनुगमनजस्ता कुराहरु । हुन त यो स्वाभाविक बन्ला । सुशासन आयोग प्रधानमन्त्रीकै अध्यक्षतामा बनाइरहेको छ । नीति तथा कार्यक्रम परम्परागत त अतितमुखी छ अहिले र भविष्यको प्रष्ट मार्गचित्र छैन । यो अलिकति सार संग्रहबादी छ । यसले जनतामा आशा जगाउँदैन ।’

उनले नीति तथा कार्यक्रम निरन्तरताको क्रमभंगतामात्र भएको बताएका छन् ।


प्रकाशित मिति: १९ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?