Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

नीति तथा कार्यक्रमलाई बजेट र कार्यान्वयनमा उतार्नु मुख्य कुराः सांसद राणा


काठमाडौँ। नेपाली काँग्रेसका सांसद डा. उदय समशेर राणाले नीति तथा कार्यक्रमलाई व्यवहारमा उतार्नु मुख्य विषय भएको बताएका छन् ।

शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि संसद् परिसरमा सञ्चारकर्मीहरूसँग बोल्दै उनले नीति तथा कार्यक्रमलाई कसरी व्यवहारमा उतार्ने, कसरी बजेटमा समावेश गर्ने र कसरी व्यवस्थापन गर्ने भन्ने विषय मुख्य भएको बताएका छन् । न ले सरकारले पुराना नीति तथा कार्यक्रमहरूलाई पनि समावेश गरेको भन्दै खुशी व्यक्त गर्दै प्रत्येक पटक सरकार परिवर्तन हुँदा नयाँ नीति तथा कार्यक्रमहरू आउने र पुराना कार्यक्रमहरूले निरन्तरता पाउन नसक्ने अवस्था पुग्ने गरेको बताउँदै पुराना कार्यक्रमहरूलाई निरन्तरता दिनु सराहनीय भएको जिकिर गरेका छन् ।

उनले भने, “राष्ट्रपतिज्युले नीति तथा कार्यक्रम पढ्नुभयो, त्यसमा मुख्य कुरा चाहीँ हामीले यसलाई व्यवहारमा कसरी उतार्न सकिन्छ, त्यो नीति तथा कार्यक्रमलाई बजेटमा कसरी समावेश गर्न सकिन्छ, यसलाई कसरी व्यवस्थापन गर्ने । यसमा दुई चरण हुन्छ, एउटा बजेटमा कसरी हाल्ने, अर्को यसलाई कार्यान्वयन कसरी गराउन सकिन्छ भन्ने हो । यो गठबन्धनले बनाएको हो, पहिलेका नीति तथा कार्यक्रमहरूलाई पनि निरन्तरता दिएको छ । त्यो पनि जरुरी छ, प्रत्येक पटक सरकार परिवर्तन हुँदा नयाँ नीति तथा कार्यक्रमहरू आए भने पुराना कार्यक्रमहरूले निरन्तरता पाउन सक्दैनन् ।”

उनले सरकारले केन्द्र, प्रदेश र स्थानीय तहको योजनामा दोहोरोपन हटाउन एकीकृत परियोजना बैङ्क लागू गर्ने घोषणा गरेको भन्दै यो प्रभावकारी बन्ने विश्वास समेत व्यक्त गरेका छन् ।


प्रकाशित मिति: १९ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?