Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

शंख किन बजाइन्छ? जान्नुहोस् धार्मिक र वैज्ञानिक कारणहरू


काठमाडौँ। धार्मिक दृष्टिले, शंखलाई शुभता र सकारात्मकताको प्रतीक मानिन्छ। शंखको ध्वनि “ॐ” नादसँग मेल खाने भएकाले यसलाई ब्रह्माण्डीय ध्वनि पनि भनिन्छ। धार्मिक ग्रन्थहरूमा उल्लेख भए अनुसार भगवान विष्णु र देवी लक्ष्मी शंखलाई प्रिय मान्दछन्। पूजा वा आरतीको बेला शंख बजाउँदा देवता प्रसन्न हुने, वातावरण शुद्ध हुने र नकारात्मक शक्ति हट्ने विश्वास गरिन्छ। महाभारतमा युद्ध सुरु गर्नु अघि पाण्डव र श्रीकृष्णले शंख बजाएको उल्लेख छ, जसले विजयको संकेत दिन्थ्यो। शंखलाई हिन्दू धर्मसँग जोडेर हेरिन्छ तर शंखको परिचय त्यतिमै मात्र सीमित छैन । यसको वैज्ञानिक महत्व पनि छ । यसको प्रयोगबाट स्वास्थ्यसम्बन्धी थुप्रै फाइदा समेत हुन सक्छन् । आयुर्वेदले पनि शंखलाई लाभदायक मानेको छ ।

शंख हाम्रा लागि कति फाइदाजनक छ र ती फाइदा के के हुन् जानौँ:

धार्मिक कारणहरू:
१ . शुभता र सकारात्मक ऊर्जा
हिन्दू धर्मशास्त्रअनुसार शंख ध्वनि ब्रह्माण्डको आदि नाद अर्थात् “ॐ” सँग मेल खाने हुन्छ। यो ध्वनि बज्दा वातावरणमा सकारात्मक ऊर्जा फैलिन्छ र नकारात्मक शक्तिहरू दूर हुन्छन्।

२ . देवताको आव्हान
शंख बजाउँदा देवता प्रसन्न हुन्छन् भन्ने विश्वास छ। विशेष गरी विष्णु र लक्ष्मीका प्रिय वस्तुमा शंख पर्छ।

३ . शुद्धीकरणको प्रतीक
पूजा सुरु गर्नु अगाडि शंख बजाउनुले वातावरणको शुद्धीकरण गर्छ भन्ने विश्वास गरिन्छ। यसले दुष्ट आत्मा वा नकारात्मक शक्ति टाढा भाग्छन्।

४ . धार्मिक ग्रन्थमा उल्लेख
महाभारतमा पाण्डवहरूले युद्ध सुरु गर्नु अघि शंख बजाएका थिए। भगवान श्रीकृष्णले पनि “पाञ्चजन्य” नामक शंख बजाउनु भएको उल्लेख छ।

वैज्ञानिक कारणहरू:
१ . ध्वनि तरंगको प्रभाव
शंखबाट निस्कने ध्वनि एक प्रकारको अल्ट्रासोनिक फ्रिक्वेन्सी ९२०००–३०००० हर्ज को हुन्छ, जसले वातावरणमा रहेका कीटाणुहरू नष्ट गर्ने वैज्ञानिक दाबीहरू छन्।

२ . श्वासप्रश्वास सुधार
शंख फुक्दा फोक्सोका मांसपेशी सक्रिय हुन्छन्, जसले श्वासप्रश्वास प्रणाली बलियो बनाउँछ। यो अभ्यास योगको “प्राणायाम” जस्तै मानिन्छ।

३ . मस्तिष्कमा सकारात्मक प्रभाव
शंख बजाउँदा उत्पन्न हुने कम्पनले मस्तिष्कमा सुखद अनुभूति र ध्यान केन्द्रित गर्ने क्षमता बढाउँछ।

४ . मनोकामना र मानसिक स्वास्थ्य
नियमित शंख बजाउँदा तनावरहित महसुस हुन्छ, चिन्ता घट्छ र मानसिक सन्तुलन कायम रहन्छ।

यसको अतिरिक्त अरु पनि फाइदाहरू लिन सक्नुहुनेछ। आफैले अनुसन्धान गरेर हेर्नुहोस् धेरै धेरै फाइदाहरु पाउन सकिन्छ।


प्रकाशित मिति: १६ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?