Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

देशमा धेरै शहीद जन्मिने खतरा बढ्योः केशर बिष्ट


काठमाडौँ। राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्टले देशमा गुण्डाहरुको शासन भएको आरोप लगाएका छन्।

राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाका लागि सोमवार राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालद्वारा काठमाडौंमा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले विगतमा राजाले नै बनाएका सांसदहरुले राजालाई झुक्याएर रातारात राजा र हिन्दु राष्ट्र खारेज गरी संघीयता लादेको जिकिर गुरेका छन् । उनले देशमा भइरहेका विभिन्न आन्दोलन र प्रदर्शनहरुमा सरकारको ध्यान नपुगेको बताउदै जनताको प्रशासन नभइ पार्टीहरुको प्रशासनले काम गरिरहेको बताएका छन् । उनले देश अराजकतातर्फ गइरहेको भन्दै धेरै शहीद जन्मिने खतरा बढेको बताएका छन्।

उनले भने, ‘यो सरकार भएको भए सुन्थ्यो, यो त गुण्डाहरुको हुल प¥यो । यो पुलिस भएको भए सन्थ्यो यो त पार्टीको कार्याकर्ता पर्यो । यो सिडियो भएको भए सुन्थ्यो, यो त दलको कार्यकर्ता पर्यो । हामीलाई देशको प्रशासन चाहियो । आज देशमा प्रशासन छैन, दलको प्रशासन छ । पार्टीका प्रशासन छ । जबसम्म देशको प्रशासन हुँदैन, आज हामीले दुईजना शहीदलाई माला लगायौँ, म दुःखका साथ भन्छु अब यस्ता धेरै शहीदहरु जन्मिने डर भयो । हामी तयसका निमित्त पनि तयार हुनुपर्छ । राष्ट्रिय शक्ति नेपालको तर्फबाट म पुलिस प्रशासनलाई यतिमात्रै निवेदन गर्न चाहन्छौँ हामी ७५ वटै जिल्लामा छौँ । हामी देशभरीका नगरमा छौँ ख्याल गर्नुस् । प्रचण्ड त मात्तिएर कस्तो हान्ने राँगो भएछ भने यो राजालाई राजै होइन भन्दियो अस्ति । राजै होइन भन्यो तेरिमा बेइमान । यही राजाले बकस दिएर खुट्टामा ढोगाएर ज्यान मारेवापत ८३ जना बकसे सांसद बनाइ दिएर राजाले बनाएको बकसे सांसदले संसदमा बसेर आधा रातमा झुक्याएर अब राजा छैन । देश धर्म निरपक्षे भयो संघीयता लागू भयो भनेर मासुभात खाएको बेइमानले अब राजै छैन भन्न थाल्यो । राजा नभएको भए आज प्रचण्ड हुँदैन थियो ख्याल गर्नुस् । राजाको लागि यो बाटो बिराएको नेपाली जनता हो यस्को पनि रक्षा हुनु पर्छ भन्ने राजा भएको देश हो यो । यिनले जस्तो जहाँ पायो त्यही मान्छे मारेर हिड्ने राजा होइन ।’

अध्यक्ष बिष्टले मनमोहन अधिकारी, मदन भण्डारीलगायत एमालेकै नेताहरुले नेपालको सन्दर्भमा राजा अवश्यक भएको भनेकाले पनि नेपालमा राजाको स्थान आवश्यक भएको जिकिर गरेका छन् ।


प्रकाशित मिति: १५ बैशाख २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?