Trending
>>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

मधेसवादी राजनीतिक दलहरु एक हुनुपर्छः शरत सिंह भण्डारी


काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता शरत सिंह भण्डारीले मधेसवादी राजनीतिक दलहरु एक हुनुपर्ने बताएका छन् ।

लोसपाको जनकपुरधामस्थित नयाँ कार्यालय उद्घाटन गर्दै उनले मधेसको नाममा र मधेसी शक्तिहरुको नाममा आफूहरुले धेरै चोट सहनुपरेको बताएका छन् । उनले मधेसी राजनीतिक दलहरुको लक्ष्य सबै एक ठाउँमा उभिएर अघि बढ्नुपर्ने बताउदै मधेसी शक्तिहरुबीच विभाजनको खेल हुन नदिन आवश्यक रहेको जिकिर गरेका छन् । उनले मधेसवादी दलहरुको लक्ष्य एकीकृत हुने रहे पनि जनता समाजावादी पार्टी, नेपालमा सोही उद्देश्यले रहेको भएपनि राष्ट्रिय अध्यक्ष (उपेन्द्र यादव) को हेपाइका कारण छोड्नुपरेको बताएका छन् ।

उनले भने, ‘मधेसको नाममा र मधेसी शक्तिहरुको नाममा हामीले धेरैचोटि सहनुपरेको छ । बारम्बार धोका खाएका छौँ । तर हामी सबैको लक्ष्य मधेसी शक्ति एक ठाउँमा उभिनुपर्छ भन्ने हो । हाम्रो बीचमा कुनै किसिमको विभाजनको खेल नहोस् । जनता समाजवादी पार्टी, नेपालमा त्यसै उद्देश्यले लागेको भएपनि पार्टीका केन्द्रिय अध्यक्षले चोट मात्रै दिँदा पार्टी गठन गर्नुपरेको हो । यो सहजै बिर्सिने चोट होइन । यो सबको पछाडि पनि हामी आज यहाँसम्म आइपुगेका छौँ ।’

वरिष्ठ नेता भण्डारीले लोकतान्त्रिक समाजवादी पार्टीमा आन्दोलनबाट आएका धेरै नेताहरु भएको र महाधिवेशनबाट उनीहरुलाई कामको जिम्मेवारी दिनुपर्ने अवस्था रहेको जिकिर गरेका छन् ।


प्रकाशित मिति: १५ बैशाख २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?