Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

मधेसवादी राजनीतिक दलहरु एक हुनुपर्छः शरत सिंह भण्डारी


काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता शरत सिंह भण्डारीले मधेसवादी राजनीतिक दलहरु एक हुनुपर्ने बताएका छन् ।

लोसपाको जनकपुरधामस्थित नयाँ कार्यालय उद्घाटन गर्दै उनले मधेसको नाममा र मधेसी शक्तिहरुको नाममा आफूहरुले धेरै चोट सहनुपरेको बताएका छन् । उनले मधेसी राजनीतिक दलहरुको लक्ष्य सबै एक ठाउँमा उभिएर अघि बढ्नुपर्ने बताउदै मधेसी शक्तिहरुबीच विभाजनको खेल हुन नदिन आवश्यक रहेको जिकिर गरेका छन् । उनले मधेसवादी दलहरुको लक्ष्य एकीकृत हुने रहे पनि जनता समाजावादी पार्टी, नेपालमा सोही उद्देश्यले रहेको भएपनि राष्ट्रिय अध्यक्ष (उपेन्द्र यादव) को हेपाइका कारण छोड्नुपरेको बताएका छन् ।

उनले भने, ‘मधेसको नाममा र मधेसी शक्तिहरुको नाममा हामीले धेरैचोटि सहनुपरेको छ । बारम्बार धोका खाएका छौँ । तर हामी सबैको लक्ष्य मधेसी शक्ति एक ठाउँमा उभिनुपर्छ भन्ने हो । हाम्रो बीचमा कुनै किसिमको विभाजनको खेल नहोस् । जनता समाजवादी पार्टी, नेपालमा त्यसै उद्देश्यले लागेको भएपनि पार्टीका केन्द्रिय अध्यक्षले चोट मात्रै दिँदा पार्टी गठन गर्नुपरेको हो । यो सहजै बिर्सिने चोट होइन । यो सबको पछाडि पनि हामी आज यहाँसम्म आइपुगेका छौँ ।’

वरिष्ठ नेता भण्डारीले लोकतान्त्रिक समाजवादी पार्टीमा आन्दोलनबाट आएका धेरै नेताहरु भएको र महाधिवेशनबाट उनीहरुलाई कामको जिम्मेवारी दिनुपर्ने अवस्था रहेको जिकिर गरेका छन् ।


प्रकाशित मिति: १५ बैशाख २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?