Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

मातातीर्थमा तिर्थालुको भीड


काठमाडौँ। आज मातातीर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन । आजको दिन जन्म दिने आमप्रति श्रद्धा र सम्मान तथा आदर व्यक्त गर्दै आशिर्वाद लिने गरिन्छ । मातातीर्थ औंशीको दिन आज काठमाडौंको मातातीर्थमा विशेष मेला लाग्ने गर्दछ । आज पनि मातातीर्थ औंशीको अवसरमा विशेष मेला लागेको छ ।

बिहानैदेखि आमाको स्मरणमा मातातीर्थमा पुगेर पूजाआज गर्नेहरुको भीड देख्न सकिन्छ । मातातीर्थ औंशी जन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाउँदै आएको छ । माता तीर्थ औंशीको दिन बिहानै उठेर नुहाएपछि आफ्नी आमालाई नयाँ लुगा, मिठा तथा तागतिला खानेकुरा खान दिएर आशिर्वाद थाप्ने प्रचलन छ । आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्दछन् ।

तिर्थाटनमा सहभागीहरूले मातातीर्थ कुण्डमा स्नान गर्दछन् ।


प्रकाशित मिति: १४ बैशाख २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?