Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

फोटो पत्रकारिताको विकासमा राज्यले जोड दिनुपर्छः सभामुख घिमिरे


काठमाडौँ। सभामुख देवराज घिमिरेले फोटो पत्रकारिताको विकासमा राज्यले जोड दिनुपर्ने बताएका छन् ।

शनिवार राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८२ को अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले फोटो पत्रकारहरुको महत्वलाई राज्यले क्रमशः चिन्ने कामहरु गरेको भएपनि फोटो पत्रकारिताको विकासमा रहेका व्यवधानहरु हटाएर अघि बढाउन जरुरी रहेको बताएका छन् । उनले फोटो पत्रकारिता जिउँदो इतिहास भएको उल्लेख गर्दै समाजको चित्रणलाई यथार्थमा उतार्नसक्ने र यथार्थबाट भविष्यलाई देखाउनसक्ने कुरा नै फोटो पत्रकारिता भएको बताएका छन् ।

सभामुख घिमिरेले भने, ‘एक सेकेण्डमा गलत कुराको भ्रम सिर्जना गर्न सकिने कुरा छ । तर फोटो पत्रकारिताले त्यस्ता खालका कुराहरुको काउण्टरमा सधैँभर ठिङ्ग उभिएर आफ्नो परिचय दिनसक्ने र त्यो बेला के भएको थियो भन्नेकुराको जिउँदो इतिहासलाई लामो समय मात्र होइन, शताब्दीसम्म राख्नसक्ने र जिम्मेवारपूर्ण क्षेत्रबाट एउटै फोटोबाट अनेक कुरा व्यक्त गर्न सकिने र समाजको चित्रणलाई यथार्थमा उतार्नसक्ने र यथार्थबाट भविष्यलाई देखाउनसक्ने, विगतबाट भविष्यमा जाने बाटोहरु के थिए भन्नेकुरा देखाउनसक्ने धेरै महत्वपूर्ण कामहरु गर्नसक्छ । पत्रकारहरु क्यामेराको पछि पछि दौडिएर फोटो खिच्ने कुराले देशको चित्रणलाई राख्ने, घटनालाई जीवित र सधैँ स्मृतिमा राख्ने गर्दछ । फोटो पत्रकारहरुको महत्वलाई राज्यले क्रमशः चिन्ने कामहरु गरेको छ । त्यस हिसावमा विकास गर्ने कुरामा जुन व्यवधानहरु रहेका छन्, ति अभाव पूर्ति गर्दै यस क्षेत्रमा प्रेरित गर्दै अघि लैजानुपर्छ ।’

सभामुख घिमिरेले पत्रकारिताको महत्व बुझेर नेपालमा लोकतान्त्रिक गणतन्त्रको घोषणा पश्चाद् मात्रै उपयोग गरिएको बताउदै मिडियाको महत्व नबुझ्ने समाजबाट अहिले फोटो पत्रकारिताको महत्व बुझ्ने ठाउँमा आइपुगेको बताएका छन् ।


प्रकाशित मिति: १३ बैशाख २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?